राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुनेछ ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस्, आर्थिक विधेयक २०७९ पारित गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ पारित गरियोस्, ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक, २०७९ पायिरत गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफाबार छलफल गरियोस्, औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरियोस्, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) २०७९ माथि सदनमा दफाबार छलफल गरियोस्, वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) २०७९ पारित गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक २०७९ माथि सदनमा दफाबार छलफल गरियोस्, रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?