काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
लोथरहाङ्गलाङ्ग-फरिवाङ्ग-पाङ्गथली सडक स्तरोन्नतिका लागि विनियोजित बजेट हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उक्त सडक स्तरोन्नति कार्यमा अनियमितता भएको उजुरी आयोगमा परेको थियो ।
योजनाको यथार्थभन्दा बढी मूल्याङ्कन गरेको, निर्धारित सर्त तथा मापदण्ड पालना नगरेको पाइएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच