काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्तसमेत रहेका बस्न्यात नक्कली मोही खडा गरेकामा दोषी ठहर भएका हुन् ।
विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो।
उनलाई ८० लाख ४८ हजार जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको छ।
त्यस्तै पूर्व मन्त्री तथा तत्कालीन भौतिक पुर्वाधार मन्त्रालयका सचिव छविराज पन्त पनि दोषी ठहर भएका छन्।
मन्त्रिपरिषदको निर्णयको आडमा नक्कली मोही खडा गर्ने भुमिसुधार र मालपोत कार्यालयका कर्मचारी पनि दोषी ठहर भएको विशेष अदालतले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच