भोर्लेनीको घरघरमै खानेपानीको धारा, उपभोक्ता दङ्ग

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानिपुर भोर्लेनीमा ३०५ परिवारका लागि घरघरमै खानेपानी पु-याइएको छ ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मलङ्गवाले करिव ६० लाख रुपियाँ खर्चिएर भोर्लेनी गाउँको प्रत्येक घरमा खानेपानीको धारा पु¥याइदिएपछि स्थानीय दङ्ग परेका छन् । भोर्लेनी गाउँमा यसअघि २४ वटा सामूहिक धारा थियो । धेरै घरधुरीमा सिमित धाराबाट पानी भर्नुपर्दा स्थानीय घण्टौँसम्म पालो कुरेर पानी बोक्न बाध्य थिए । अहिले भने घरमै धारा आएपछि पिउने, सरसफाई गर्ने र वस्तुभाउलाई खुवाउने पानीको समस्या टरेको स्थानीय सूर्यमाया नेपालीले बताउनुभयो ।

चुरेपाखा तल कालिन्जोर खोलामा रहेको बाँध भन्दा केही उत्तरतर्फ मुहानमा इनार निर्माण गरी त्यहाँबाट तीन किलोमिटर दक्षिण रहेको गाउँमा रिर्जभ टङ्याकी निर्माण गरी खानेपानी वितरण गरिएको छ । वर्षौदेखिको प्रयासपछि स्थानीयलाई घरघरमै धारा पु¥याएर खानेपानी खुवाउन सफल भएको भोर्लेनी सिद्धेश्वर खानेपानी उपभोक्ता समूहका सल्लाहकार भरत गौतमले बताउनुभयो ।

खानेपानी ल्याउन ट्याङकी निर्माण, पाइप बिच्छ्याउने लगायतका काममा सम्पूर्ण गाउँले भएर जनश्रमदान गरेको भोर्लेनी सिद्धेश्वर खानेपानी उपभोक्ता समूहका अध्यक्ष बमबहादुर बस्नेतले जानकारी दिनुभयो । आफूहरुले जिल्लामै सबैभन्दा सस्तो प्रतियुनिट सात रुपियाँको दरले खानेपानी शुःल्क उठाएको बस्नेतले बताउनुभयो ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मलङ्गवाका निमित्त प्रमुख शिवशङ्कर रौनियारले स्थानीयले निकै मेहनत गरेर जनश्रमदान गरेकाले भोर्लेनीमा खानेपानी आयोजना सफल भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?