भोजपुर । पहाडी जिल्ला भोजपुरमा डेंगुको संक्रमण हुन नदिन युवाहरुले सचेतनासँगै विषादी छिट्ने कार्य सुरु गरेका छन । युवाहरुको संस्था बिहानी फुटबल क्लवले विद्यालय क्षेत्रमा डेंगु विरुद्ध विषादी छिट्न लागेको हो ।
लामखुट्टे नियन्त्रण गर्न सकिएमा संक्रमणको संभावना कम हुने भएकाले आफुहरुले पहिलो चरणमा विद्यालय क्षेत्रमा विषादी छिट्ने अभियान सुरु गर्न लागेको बिहानी फुटवल क्लवका अध्यक्ष रिपेश भुजेलले बताउनुभयो । डेंगो नियन्त्रणका लागि जिल्ला तहमा प्रभावकारी अभियान हुन नसेकाले युवाहरुले पनि बिषाधी छिट्ने कार्य गर्न लागेको अध्यक्ष भुजेलको भनाई रहेको छ ।
युवाहरुको सक्रियतामा शुक्रवार भोजपुर एकाडेमी, सगरमाथा बोर्डिङ स्कुल, युनाइटेड बोर्डिङ स्कुल, सिद्धकाली बोर्डिङ स्कुल, विद्योदय मावि र जनसेवा आधारभुत बिद्यालय क्षेत्राम बिषाधी छिट्ने कार्य हुने अध्यक्ष भुजेलले जानकारी दिनुभयो ।
संस्थाले क्रमिकरुपमा अन्य क्षेत्रमा पनि बिषादी छिट्ने जनाएको छ । गत वर्ष पनि युवाहरुको सक्रियतामा डेंगु बिरुद्धको बिषादी छिट्ने अभियान भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच