पोखरा । गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा सांसद पदमुक्त हुनु भएको छ ।
प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिनुभएको हो ।
नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्न लिएर निर्वाचित हुनु भएको थियो ।
देवकोटाले माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिनुभएको थियो भने त्यसको भोलिपल्ट देवकोटा ऊर्जामन्त्री बन्नुभएको थियो ।
ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएका देवकोटालाई माओवादीले कारबाही गरेको थियो ।
कारबाही गरेको पत्र सभामुख कृष्णप्रसाद धितालले प्रदेश सभाबाट पढेर सुनाएसँगै देवकोटा पदमुक्त हुनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच