![पेटभरि धानको भात….!](https://ehimalayatimes.com/wp-content/uploads/2023/11/Dr.-Narayan-Chalise-3.jpg)
काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा राष्ट्रिय खुला अपहिल केडिसी रन असार ८ गते हुनेभएको छ । दौड २१ किलोमिटर दूरीको हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राखेप कार्यकारी समितिका सदस्यसमेत रहनुभएका आयोजक महासंघका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी दिनुभयो । दुई सय बढी प्रतिस्पर्धी सहभागी हुने बताइएको छ ।
शीर्ष पाँचमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पार्ने आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाउनुभयो । दौड कीर्तिपुरको चारघरेस्थित माइती रिसोर्टबाट सुरु भइ दक्षिणकालीको बोसनडाँडा, कीर्तिपुरको पुरानो बाघभैरव, पुष्पलाल पार्क, चन्द्रागिरिको मत्क्षेगाउँ, मातातीर्थ, कीर्तिपुरको भत्क्यापाटी हुँदै पुनः माइती रिसोर्टमै आएर टुंगिनेछ ।
दौडको रुटमा सहभागीहरूले करिब तीन हजार फिट उचाइ पनि तय गर्ने छन् । रुट ६ वटा वाटर प्वाइन्ट, ६ वटा चेक प्वाइन्ट र तीन वटा मेडिकल प्वाइन्टको व्यवस्था गरिएको छ । ६५ स्वयंसेवक र आठवटा बाइक परिचालन गरिने बताइएको छ ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न महासंघका सदस्य सूर्यबहादुर बुढाथोकीको संयोजकत्वमा सात सदस्यीय दौड सञ्चालन समिति गठन गरिएको छ । महासंघका सदस्य बाबुराजा श्रेष्ठलाई रेस डाइरेक्टरको जिम्मेवारी दिइएको छ । दौड सञ्चालन गर्न करिब १४ लाख २५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच