जनमतले संसदीय भूमिकालाई प्रभावकारी बनाउने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ दल जनमत पार्टीको केन्द्रिय सचिवालय बैठकमा संसदमा प्रभावकारी भुमिका खेल्ने बारेमा छलफल भएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालय बैठकमा समसामयिक राजनीति र सोमवारबाट शुरु हुने संसद अधिवेशनमा प्रभावकारी भुमिका खेल्नेबारेमा छलफल भएको हो ।

बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले बैठकमा पार्टीका संगठन र वडा अधिवेशनको बारेमा छलफल भइरहेको बताउनु भयो । उहाँले मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपालले गठबन्धनको सहमति तोड्दा आफूहरु सरकारबाट निस्किनुपरेको बताउनु भयो । उहाँकाअनुसार गठबन्धनमा शुरुको एक वर्ष जनता समाजवादी पार्टीले सरकार सञ्चालन गर्ने त्यसपछि जनमत र जनमतपछि नेपाली काँग्रेसले सरकार चलाउने सहमति भएपनि कार्यान्वयन नभएपछि सरकारबाट बाहिरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठककमा संगठन सम्बन्धी कुराहरु, खासगरी अहिले वडा अधिवेशनमा छौँ हामी । वडाको अधिवेशन सकिन लागेको अवस्थामा छलफल भएको छ । साथै भोलिदेखि हुने हिउँदे अधिवेशनको बारेमा संसदमा प्रभावकारी भुमिका कसरी जनमत पार्टीले देखाउने भन्नेबारेमा पनि छलफल भएको छ । समसामयिक राजनीतिक घटनाक्रमकै बारेमा हो । मधेस प्रदेशबाट सरकारबाट हामी जुन बाहिरिएका छौँ, त्यहाँ सरकार नेतृत्व परिवर्तनको जुन कुरा छ, जसपाद्वारा सहमति भाँडिएको अवस्था छ, त्यसबारेमा पनि छलफल भइरहेको छ । संघीय सरकारमा सहभागिताको विश्लेषण र काम कारबाहीको समीक्षा हुँदैछ । गठबन्धनमा एक वर्ष जसपाको नेतृत्वमा चल्ने र त्यसपछि जनमतले र काँग्रेसले चलाउने सहमति थियो । त्यो सहमति जसपाद्वारा भाँडिएपछि वर्तमान सरकारमा बसिरहन राम्रो ठानेनौँ ।’

प्रवक्ता यादवले अन्यमन्त्रालयको तुलनामा संघीय सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुलै राम्रो काम गरेको दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?