![प्रा.डा.रिसालको आध्यात्मिक निबन्ध संग्रह](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/collection-of-spiritual-essays-by-Prof.-Dr.-Risal-Hita-Article.jpg)
✍️ कलानिधि दाहाल
चाहेको कहिल्यै नपाइनु, नचाहेको पाइरहनु, खोजेको नभेटिनु, नखोजेको भित्र सधैँ रिँगाइरहर्नुे अजीव वास्तविकतामा यात्रारत रहँनु जीवनको नैसर्गिक सत्यजस्तै लाग्छ । लक्षित मान्छेहरू सम्पूर्णको जीवनचर्या यही नै हो । विनालक्ष्यका मान्छेमा मात्र खाएभन्दा अलि मीठो खान पाए, लाएभन्दा अलि राम्रो लाउन पाए, बसेभन्दा अलि आँखाको आकर्षक बास बनाउन पाएका स्थितिबोधमा जैविक गतिहरू रहेका हुन्छन् । चाहना अनुकूल जीवन अगाडि बढेको ठान्ने जमात पनि यही हो । यस चाहनाका जमातबाट नै विश्वको दृश्य आवरण अगाडि बढेको हुन्छ जसलाई सहज रूपमा हामी भन्न सक्छौँ-भौतिक दुनियाँ । यस समूहको इतिहास न थियो हिजो, न हुन्छ भोलि ।
आजको सानो दायरामा रमाउनु, खाना मीठोमा मख्ख पर्नु, नाना राम्रोमा खुशी हुनु, छाना भिन्न फरकमा सानको सङ्केत पाउनु यसै वर्गभित्रका जमातको जाम हो । यिनमा अनुभूतिको जीवन हुँदैन । विवेकको व्यायामशाला मनमा जन्मन्न, अन्तर मनोलोकीय कर्तव्यको परिधिभन्दा यिनीहरू कोसौँ टाढा हुन्छन् र मृगमरीचिकामा स्वर्णिम स्वर्ग छाएको हल्का आनन्दमा झिल्मिलाउँछन् । अदालत परिसरको घेरा जहाँ हरेक पाइलामा बिचौलियाका असारेप्राप्तिका खेतभित्र जलका घैँटाहरू टल्पलाएका हुन्छन् । विवेकको स्विच अफ गरेर आर्थिक सिसमहल निर्मित हुने तेस्रो मुलुकका उर्वर भूमि भनेका नै अदालत परिसर, निजामती कर्मचारीका आँगन, नेताका कुर्सी र स्वतन्त्र व्यवसायी सङ्घसंस्थाका सीमाहरू हुन् ।
जसले दुई तत्वका बीचमा बसेर खेल्नु भूमिका खेल्छ तर कतै पनि आफ्नो पनको अंशसम्म पार्दैन । यो मनोविज्ञान भएका न्यायाधीश जन्मेका खण्डमा चाहिँ आफन्तकै मुद्दामामिला किन नआऊन् उसलाई न्याय दिनबाट अलग गर्नु नै पर्दैन । प्रथम विश्वका प्रजातन्त्रिक देशहरूमा यो अवस्था देखिन्छ ।
तेस्रो विश्वका अदालती आँगनमा अपवादलाई छाडेर तिनै मान्छेहरू विजयका झन्डा फहराउँछन् जो पूर्णतः राज्यव्यवस्थाका अपराधी छन् । चोरले नै पक्रने सिँढीहरू एकेक बुझेको हुन्छ र तिनलाई बन्द गर्ने उपायसहित उसको लक्ष्यमा अगाडि बढ्दछ, नर्चोनेलाई के थाहा त्यस्ता कुराहरू ? एउटा नामुद अपराधीले नै प्रमाण राम्ररी जुटाएको हुन्छ, निरपराधलाई त्यसको के मतलव ? अदालतले अक्षरभन्दा पर नौसिङ्गे न्यायका देखिने टुप्पाभन्दा टाढा रहेर विवेकको जरो त्यो पनि समग्र मानव विवेकको त्यो पनि भित्री चिरासम्म पुग्ने न्यायाधीश झुक्किएर कहीँ कतै पर्यो भने न्यायको बत्ती बल्छ, बल्न सक्ला तर के यो सम्भव छ ?
यो सम्भव हुन सांसारिक मोहका सम्पूर्ण बन्धन पूर्णतः मनमस्तिष्कबाट टुटेको त्यस्तो कञ्चन व्यक्तित्वको विकास भइसक्नु पर्यो जहाँ न लोभ छन्, न लालसा । न क्रोध छन्, न सङ्कीर्णता । न भय छन्, न कुनै चिज वा वस्तुप्राप्तिको मोह । न धर्मको अंश कुनै संस्कारका तन्तुमा झुण्डिएको छ, न राजनीतिको हल्का स्पर्श । न मेरोको अनुभूतिजन्य मोह छ, न मेराको । उसको घर छ । परिवार छन् । समाजकै प्राणी हो, साथीसँगाती छन् । मान्यताका शिखरमा आसन भएपछि अर्काका आँखाका सामु कुर्सी पनि छ । जम्मै भएर पनि मानसिक रूपले, भावनात्मक रूपले ऊ प्लेटिनमको टुक्रोजस्तो भइसकेको हुनुपर्यो ।
जसले दुई तत्वका बीचमा बसेर खेल्नु भूमिका खेल्छ तर कतै पनि आफ्नो पनको अंशसम्म पार्दैन । यो मनोविज्ञान भएका न्यायाधीश जन्मेका खण्डमा चाहिँ आफन्तकै मुद्दामामिला किन नआऊन् उसलाई न्याय दिनबाट अलग गर्नु नै पर्दैन । प्रथम विश्वका प्रजातन्त्रिक देशहरूमा यो अवस्था देखिन्छ । सदनमा बहुमत ल्याएका पार्टीको नेतृत्वगर्ने वा जनताबाट सिधै चुनिएर आएको भए पनि राष्ट्रपति वा प्रधानमन्त्रीले नै न्यायाधीश चुन्छन्, चुनेका छन् र न्याय पनि चित्तबुझ्दो हिसावले नै दिएका छन् । व्यवहारिक गजब पक्ष त के देखिन्छ भने तिनै न्यायाधीशले आफूलाई ती पदमा नियुक्त गराउँने राष्ट्रप्रमुखलाई जेल हालेका उदाहरण हाम्रैसामु छन् ।
तेस्रो विश्वमा अझ तेस्रो विश्वको पनि हाम्राजस्ता मुलुकमा जहाँ भोकमरी छ, गरिबी छ, नीचतम व्यक्तिगत स्वार्थप्राप्तिका सीमाहरू छन् । घण्टी बजाउने धर्म र पिण्ड लडाउने अन्धविश्वास घाँटीमाथि जिब्राका टुप्पासम्म नाचेका छन् । जहाँ स्वास्नीले लोग्ने न्यायाधीशलाई न्याय पाऊँ भनी अदालतमा हालेका मुद्दाका लाम जाम लाग्छन् त्यस्ता समाजमा अक्षरका अभियुक्तले वा परिबन्धमा परेका अभियुक्तले न्यायको नानी उघारेर आशाका किरण हेर्न खोज्नु नै निरर्थकता हो । भलिभाँती नबुझुञ्जेल म यही भ्रमको खिचडी कस्टडीभरि अझ जेलको ढोकासामु पुगुञ्जेल पकाइरहेको थिएँ । सोच्थेँ आज म हत्कडीमुक्त भएर घर पुग्छु ।
म बिचरो अहिले यो खाए भरे के खाऊँ ? को बुद्धबेलादेखिकै भिखारीका लागि यो भार सगरमाथा निकै होचो होला यसका सामु । त्यसमा पनि भएभरको जायजेथा सञ्चयकोषमा धरौटी राखेर निकालेको रकम यिनै पापाचार छुद्र पाखण्डका संस्थामा सञ्चित छ ।
मेरो दिवा स्वप्न त्यसबेला चकनाचुर भयो जतिबेला सहकारीका पापाचारीहरू-कति धन कुम्ल्याउने मोहले, कति कुर्सीको सान देखाउने उन्मादले, कति चिल्लो गाडीको ढोका खुल्नासाथ बसेकै लचकदार ठाउँबाट ब्रिफकेस अर्को व्यक्तिले उचालेृको दृश्य हेर्ने घिनलाग्दा रहरले, कति त व्यक्तिगत विवरणको सूचीमा सञ्चालकको अङ्कात्मक सङ्ख्या मात्र थप्ने छुद्र लालसाका भुसुना मस्तिष्कभरि भरेर त्यहाँ जम्मा भएका छन् । तिनै भेडभीडले पाउने अपराधी सामूहिक स्वरको निर्णय सुनाइयो । दुई लाख धरौटीमा मात्र छुट्न पाउने गरी ।
म बिचरो अहिले यो खाए भरे के खाऊँ ? को बुद्धबेलादेखिकै भिखारीका लागि यो भार सगरमाथा निकै होचो होला यसका सामु । त्यसमा पनि भएभरको जायजेथा सञ्चयकोषमा धरौटी राखेर निकालेको रकम यिनै पापाचार छुद्र पाखण्डका संस्थामा सञ्चित छ । अब भन्नोस् यी मान्छे हुन् वा जनावर ? यी मान्छे हुन् वा राक्षस ? यिनको सङ्गत नै पापिष्टको सङ्गत होइन र ? यिनीहरूसँगको परिवेश नै प्रत्यक्ष नर्क नभए अर्को नर्क कहाँ छ दुनियाँमा ? जम्मै भौतिक मूल्य यिनकै नाममा सुम्पिएर भए पनि त्यस समाजबाट मुक्ति पाउनु सांसारिक मुक्ति होइन र ?
यो परिवेशबाट जुनसुकै प्रकारले होस् छुट्कारा लिएर अर्को संसारमा पाइला टेक्नु, टेकिएको ठाउँ स्वर्ग नभए के हुनसक्छ ? तर यसै आशाका गुलाफ फक्रने ठाउँसम्म आउन मलाई निकै कण्टकाकीर्ण पथ पार गर्नु छ । यो पनि मलाई भलिभाँती थाहा भएकै कारणले दृश्यरूपमा एकाध ठाउँ मानवीय संवेदनाले आक्रमण गरे पनि म सन्तुष्ट छु- मेरा निर्णयात्मक अथाह सोचका भेलमा । न्यायाधीशका झारा टराइ निर्णय जमिनमा ओर्लनासाथ बिचौलियाको विशाल बस्ती । नठान्नु होला कैदीका लागि सुविधाका भनेर ।
यी त अझ चर्का पाखण्डबस्ती । विनाश्रम, विनासर्टिफिकेट, विनाविवेक, विनामानवीय मनोअंश ठूल्ठूला भव्य महलका स्वप्नद्रष्टाहरू । कुन् जेल सजिलो छ ? यातना कम दिइन्छ ? कुन् चाहिँ अभियुक्तको घरपाइक पर्छ ? त्यसमा पार्नाका लागि जोखतौल खसीमोलाई । अब हेर्नुहोस् हत्कडीभित्रको पनि असुरक्षित जिन्दगी । सुरक्षाघेराभित्रको पनि पल्पलको अझ डरलाग्दो त्रास ! कारण यी सबैका भागबण्डामा पर्ने दृश्यरूपका अंशियारमात्र हुन्–बिचौलिया नामका दुईखुट्टे जनावरहरू । अब सोच्नोस् यस देशको कर्मचारीतन्त्र, राजनीतितन्त्र, पत्रकारितातन्त्र, सुरक्षातन्त्र, अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रत्यक्ष प्रभाव पार्ने सैनिकतन्त्र, न्यायिकतन्त्र र व्यवस्थापकीयतन्त्र सबै क्षेत्रका दरा जग हुन् बिचौलियाहरू ।
यिनै तन्त्रका रङ्मा मन मुछेर हिँड्ने साहित्यकारतन्त्र, अझ प्रगतिशीलको खोक्रो साइनबोर्ड मनमस्तिष्कमा सजाउनेहका त खेती नै हुन् । यो राणातन्त्रमा थियो, पञ्चतन्त्रले यसकै थोत्रो खास्टो ओढ्यो, खुला हुनु एउटा छुट् र असलपक्ष छ नै तर गणतन्त्रले पनि यिनै दुर्गन्धे, गनाउँने, तिनै पुराना खास्टा ओढेर आइरहेको छ । विश्वासविनाको आशा त गर्नै पर्छ कुनै न कुनै दिन अवश्य दुर्गन्धका खास्टाहरू एउटै चितामा जल्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच