![सुस्तामा शिक्षकले मासिक रुपमा तलब पाउने](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/gau-adhibeshan.jpg)
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले राम्रो क्रिकेट खेल्दा पनि जित हासिल गर्न नसकेको बताउनु भएको छ ।
दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि भएको पत्रकार सम्मेलनमा उहाँले राम्रो क्रिकेट खेलको बताउँनु भएको हो । उहाले टिमको प्रयासमा सन्तुष्ट रहेको प्रतिक्रया दिनुभयो ।
उहाँले भन्नु भयो ‘राम्रो क्रिकेट खेल्दा पनि हामीले हार्यौं। समग्रमा हामीले एकदमै राम्रो खेल्यौँ । टिम इफोर्टमा गर्व गर्छु र सन्तुष्ट छु।’
रोहितले गुल्सन झाको प्रस्तुतिलाई लिएर शंका गर्नुपर्ने ठाउँ नभएको बताउनुभयो । गुल्सनले एकडेढ वर्षदेखि राम्रो खेल खेलेको बताउँदै उनीमाथि टिमको विश्वास रहेको रोहितको भनाइ छ ।
यस्तै बंगलादेशविरुद्धको खेल जित्ने रोहितको दाबी छ । ‘आजको खेल जितेको भए बंगलादेश नकआउट जस्तै हुन्थ्यो । अर्को खेल हामी प्रष्तिठाका लागि खेल्छौँ। हामी टेस्टमान्यता प्राप्त देशलाई हराउन चाहन्छौँ। त्यो आज सफल हुन सकेन तर हामी अर्को खेलमा त्यसो गर्छौं’ उहाँले भन्नुभयो ।
आजको खेलबाट प्राप्त आत्मविश्वासलाई आगामी खेलमा कायमै राख्ने उहाँले बताउनुभयो ।
![नेपालले गुमायो ऐतिहासिक अवसर, दक्षिण अफ्रिकासँग एक रनले पराजित](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/nepal-cricket.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच