![कमलामाई नगरपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा भएको घोषणा](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/kamalamai-nagar-ghoshana.jpg)
विराटनगर । विराटनगर । काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ कराेडकाे बजेट ल्याएको छ ।
कोशी सरकारले आगामी आर्थिक वर्षमा पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट चालू वर्षको तुलनामा बढी हो ।
प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड ५१ लाख बजेट वियोजन गरिएको जानकारी दिनुभयो ।
यस्तै कृषि तथा सहकारी क्षेत्रका लागि प्रदेश सरकारले २ अर्ब ६७ करोड विनियोजन गरेको छ ।
कृषिमा कोशी प्रदेशलाई धानको बिउको स्रोत व्यवस्थापन गर्ने, ब्याज अनुदान दिइने, चियाको अन्तराष्ट्रिय सम्मेलन गर्ने, खोरेँत नियन्त्रण गर्ने तथा सबै जिल्लामा भेटेरिनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्र स्थापना गर्ने उल्लेख छ ।
कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत पुग्ने अनुमान गरेको छ ।
चालू आर्थिक ३६ अर्ब ७४ करोड ३५ लाखमध्ये ससर्त अनुदानमा ७ करोड ५५ लाख थप भइ कूल बजेट ३६ अर्ब ८१ करोड ९० लाख कायम भएको बताए । यस्तै वैशाख मसान्तसम्ममा कूल खर्च १५ अर्ब ८८ करोड २३ लाख भएको छ ।
गत वर्षको सोही अवधिमा १९ अर्ब ७ लाखको तुलनामा ५ प्रतिशतले कमी आएको हो । वैशाख मसान्तसम्ममा ४३ प्रतिशत बजेट खर्च भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ४८ प्रतिशत खर्च भएको थियो ।
चालू आर्थिक वर्षको अन्तिमसम्ममा ८० प्रतिशत भन्दा माथि खर्च हुने अनुमान मन्त्री मगरले गर्नुभएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच