एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमन्डले पूर्वखेलाडी नुरी साहिनलाई नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । ३५ वर्षीय साहिन एडिन टेर्जिकको सहायकका रूपमा काम गर्दै आउनुभएको थियो । उहाँले क्लबसँग तीन वर्षको सम्झौता गर्नुभएको छ । साहिनले डर्टमन्डबाट २७४ खेल खेल्दै २६ गोल गर्नुभएको थियो ।
टेर्जिकले बिहीबारमात्र डर्टमन्ड छाड्ने निर्णय गर्नुभएको थियो । डर्टमन्डका अनुसार टेर्जिकले आपसी सहमतिमै क्लब छाड्नुभएको हो । उहाँले सन् २०२२ देखि डर्टमन्डको प्रशिक्षण सम्हाल्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच