काठमाडौं । श्री भगवती क्लब टोखाको आयोजनामा भएको रोड टु टोटनहृयाम कार्यक्रमअन्तर्गत छनोट हुन सफल फुटबल खेलाडीहरूको पहिलो टोली बैंग्लोर प्रस्थान गरेको छ । क्लबका अध्यक्ष इन्द्रराज जोशी तथा व्यवस्थापक विजेन्द्र पुडासैनीको नेतृत्वमा ३६ सदस्यीय टोलीले बैंग्लोरको किक स्टार्ट फुटबल क्लबमा (एफसी) छनोट परीक्षण दिनुहुनेछ ।
खेलाडीहरूलाई बिदाइ गर्दै अखिल नेपाल फुटबल संघका सहमहासचिव दामोदर ‘बद्री’ भट्टराईले आगामी दिनमा नेपालको प्रतिनिधित्व गर्ने उत्कृष्ट खेलाडी उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । परीक्षणबाट उत्कृष्ट खेलाडीका रूपमा छनोट हुन सफल खेलाडीहरूले किक स्टार्ट एफसीमा प्रशिक्षण प्राप्त गर्ने र प्रशिक्षणमा उत्कृष्ट खेलाडीहरूले टोटनहृयाममा सहभागिता जनाउने कार्यक्रम संयोजक मनिष जोशीले जानकारी गराउनुभयो ।
बैंग्लोर गएको टोलीले त्यहाँ तीन दिनसम्म शारीरिक, खेल कौशल परीक्षणका साथै अन्य प्रशिक्षण र किक स्टार्टले आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाउनेछन् । त्यसपश्चात् खेलाडीहरू नेपाल फर्कने र परीक्षणमा छनोट हुन सफल खेलाडीहरूले आवश्यक प्रक्रिया पूरा गरेपश्चात् पुनः एकेडेमीमा प्रशिक्षण लिने र उक्त प्रशिक्षणमा उत्कृष्ट हुन सफल खेलाडीले टोटनहृयामको टिकट काट्ने व्यवस्थापक विजेन्द्र पुडासैनीले जानकारी गराउनुभयो ।
रोड टु टोटनहृयम कार्यक्रममा देशभरिका करिब तीन हजार खेलाडीहरूको सहभागिता थियो । किक स्टार्ट एफसीबाट नेपाल आएका चार सदस्यीय प्रशिक्षकहरूको टोलीले दुई दिनसम्म सञ्चालन भएको छनोट कार्यक्रमबाट पहिलो चरणमा १४७ खेलाडीहरूलाई छनोट गरेका थिए । छनोट भएका खेलाडीहरूको दोस्रो टोली जुलाईमा बैंग्लोर प्रस्थान गर्ने कार्यक्रम छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच