निर्माण व्यवसायीद्वारा पर्यटनमन्त्रीको ध्यानाकर्षण

Read Time = 2 mins

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग भेट गरी निर्माण उद्योगका पछिल्ला समस्या र समाधानका उपायबारे ध्यानाकर्षण गराएको छ । सो अवसरमा अध्यक्ष सिंहले निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योग चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भएबमोजिम २० प्रतिशत मोबिलाइजेसन पेस्की व्यवसायीले पाउनुपर्ने बताउनुभयो ।

व्यवसायीको ठूलो रकम भुक्तानी नहुँदा सप्लाई चेनमै गम्भीर समस्या देखिएको उहाँको भनाइ थियो । निर्माणाधीन आयोजना सम्पन्न भएपछि मात्र नयाँ आयोजना ठेक्का लगाउन उपयुक्त हुने सुझाव महासंघले दिएको छ ।

मन्त्री किराँतीले व्यवसायीका समस्याबारे आफूले विगतमा संसद्मै आवाज उठाएको स्मरण गराउँदै ठाउँ विशेषमा आवश्यकताभन्दा बढीका परियोजना पुग्दा पनि समस्या आएको बताउनुभयो । प्रतिनिधिमण्डलमा महासंघ सल्लाहकार निकोलस पाण्डे, महासचिव रोशन दाहाल, सदस्य दानबहादुर खड्का र कार्यालय प्रमुख प्रेमसिंह ऐरको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?