![सुशीलको सम्मानयोग्य निर्णय](https://ehimalayatimes.com/wp-content/uploads/2023/12/Sampadakiya-editorial-hita.jpg)
हेटौंडा । बसमा यात्रा गरिरहेका हेटौंडाका एक युवकको अचानक मृत्यु भएको छ।
आइतबार वीरगंजबाट हेटौंडासम्मको यात्रामा रहेका हेटौंडा -१ जरुवाटोल बस्ने ३२ वर्षिय आकाश महतको बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीको अनुसार बीरगंजबाट नारायणगढ जाँदै गरेको ना ७ ख ३५७५ नम्बरको बसमा सवार महत हेटौंडा बसपार्कमा आएपछि अचानक बेहोस भएका थिए।
बेहोस भएका महतलाई उपचारको लागि हेटौंडा अस्पताल पठाईएकोमा पुग्नासाथ १:३९ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
लास हेटौंडा अस्पतालमा रहेको र घटनासम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच