काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयन सुरु गरेको छ । सोही क्रममा प्राधिकरणले गत महिना एक सूचना जारी गर्दै १५ दिनभित्र एमडिएमएसमा दर्ता नभएका फोन दर्ता गर्न आग्रह गरेको थियो ।
१५ दिनभित्र एमडिएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाइल हृयान्डसेटमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधिकरणले चेतावनीसमेत दिएको छ । प्राधिकरणले हालै नेपाल भित्रिएको आइफोन १५ सिरिजकै हजारौँ फोन एमडिएमएसमा दर्ताबिना नै चलिरहेको बताएको जनाएको छ । पछिल्ला आइफोन र अन्य एन्ड्रोइड फोन ब्लक गर्ने तयारी भइरहेको पनि प्राधिकरणले उल्लेख गरेको छ ।
प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाका अनुसार करिब दुई हजार आइफोन १५ एमडिएमएसमा दर्ताबिना नै सञ्चालन भएका छन् । पटक–पटक दर्ताका लागि ताकेता गर्दासमेत दर्ता भएका छैनन् । भन्सार पास भएर आउने सबै फोनको आइएमइआई नम्बर एमडिएमएसमा दर्ता भएको हुन्छ । विदेशबाट आउनेले ल्याएका फोन दर्ता गर्न पनि सरकारले व्यवस्था गरेको छ ।
अन्य कालोबजारीबाट भित्रिने फोन एमडिएमएसमा दर्ता नहुने समस्या रहेको छ । केही दिनमै दर्ता नभएका आइफोन १५ ब्लक हुने र त्यसपछि अन्य नयाँ फोन पनि ब्लक गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणका अनुसार एमडिएमएसमा दर्ता नभएका करिब ५० लाख फोन सञ्चालनमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच