![सुशीलको सम्मानयोग्य निर्णय](https://ehimalayatimes.com/wp-content/uploads/2023/12/Sampadakiya-editorial-hita.jpg)
म्याग्दी । असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् ।
मकै लगाउने समय (फागुन,चैत) मा पनि वर्षा नभएकोले ढिलो गरी बारीमा मकै रोपेका म्याग्दीका किसान असार लागिसक्दा पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन् । “बारीका मकै नपसाउँदै सुक्न थालेका छन् भने खेतमा राखेको धानको ब्याड पनि सुक्दै जान थालेको छ” मालिका गाउँपालिका ४ का हिमबहादुर विकले बताउनुभयो ।
हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौ लगायत हिउँदेवाली पनि राम्रोसँग उत्पादन नभएको मालिका गाउँपालिका २ का किसान टेकबहादुर विकले बताउनुभयो । “मकै बारीमै सुक्न थालेका छन् । खेतमा रोपाइँका लागि राखेको धानको व्याड पनि पहेंलिदै गएको छ । खडेरीका कारण किरा र कमिलाले विउ खाएर नास गर्न थालेका छन्,” विकले भन्नुभयो ।
“वर्षा र हिमपात नभएपछि सिंचाइको अभावले गहुँ, जौं लगायतका हिउँदे वाली पनि राम्रोसँग उत्पादन भएन । अहिले खडेरी परेको छ, बारीमा छरेको मकै बारीमा सुक्न थाल्यो । यस्तै भयो भने त भोकमरीले मरिने भयो” मंगला गाउँपालिका २ की किसान राधिका पौडेलले गुनासो गर्नुभयो ।
लामो समयदेखि पानी परेको छैन । मौसम तातिरहेको र गर्मीले अलासतलास बनाइरहेकोले जनजीवन प्रभावित बनेको यहाँका किसानहरुको भनाइ रहेको छ ।
“विपत्ति शुरु भएको छ । पाँच महिनादेखि राम्रोसँग पानी परेको छैन । बारीमा छरेका मकै बारीमा नै सुकेको छ । रोपाइँ गर्न नपाएर किसान चिन्तित छन् । तरकारी र फलफूलका विरुवा मर्न थाले । वनजङ्गल डढेलोले ध्वस्त भएका छन् । खानेपानीका मुहानहरु सुकिराखेका छन” मालिका गाउँपालिका ६ का प्रेम सिउथानीले बताउनुभयो ।
हिउँदमा हिमपात नभएपछि हिमशृंखला कालापत्थर जस्ता देखिएका छन् । यस वर्ष कम हिमपात हुँदा हिमालको हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएको छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ ।
“मौसम परिवर्तन हुँदै गएको छ, खडेरीको कारण जनजीवन अस्तव्यस्त बनेको छ । बाली खेतबारीमा नै मर्न थालेपछि किसान के खाएर वर्ष विताउने भन्ने चिन्तामा छन्” दरबाङ बजारका होटल व्यवसायी अमृत सापकोटाले बताउनुभयो ।
वर्षा नहुँदा बाँझै रहेका खेत जोत्नसमेत नपाइएको किसानले गुनासो गरेका छन् । व्यावसायिक तरकारी खेती गरेका किसानले खडेरीका कारण उत्पादनमा कमी आउने गुनासो गरेका छन् ।
लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पु¥याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जिव वाँस्तोलाले बताउनुभयो । म्याग्दीमा आकाशे वर्षाको भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएका गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेहरुले ठुलो नोक्सानी व्यहोर्नुपरेको केन्द्रले जनाएको छ । तेलहन बालीमा मात्र २५ प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आएको कृषि प्राविधिकहरु बताउँछन् । त्यसैगरी लहरेबाली समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी किसान मारमा परेका छन् ।
बालीनाली सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि धमाधम रोपाइँ हुनुपर्ने लेकाली क्षेत्रहरुमा समेत रोपाइँ हुन सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच