![वित्तीय संघीयताभित्रका व्यावहारिक सकस](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Meghnath-Dahal-Hita-Article.jpg)
काठमाडाैं । नक्कली लाइसेन्स प्रकरणको जालोमा परेको यातायात कार्यालय बुटवलमा लामो समय काम गरेका पूर्वप्रमुख उपसचिवसहित ५ कर्मचारी पक्राउ परेका छन् ।
सो प्रकराणमा उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, कम्प्युटर अपरेटर दिलिपकुमार शाह, राजेश लम्साल र सुवास पौडेल पक्राउ परेका हुन् ।
सरकारी कागजात कीर्ते गरेको अभियोग लागेर पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर थुनामा राखिएको छ ।
यसअघि नक्कली लाइसेन्स प्रकरणमा छानबिन गरिररहेको सीआईबीले कर्मचारीसहित ९ जनालाई पक्राउ गरेको थियो । यातायात व्यवस्था विभागमा लाइसेन्स प्रिन्ट गर्ने शाखाका कर्मचारीसहित पक्राउ परेका उनीहरु धरौटीमा छुटेपनि उनीहरुको मुद्दा छिनोफानो भएको छैन ।
यातायात व्यवस्था विभागले उपसचिव मुकेश रेग्मीको संयोजकत्वमा समति गठन गरी नक्कली लाइसेन्सबारे छानबिन गरेको थियो । विगत ८ वर्षमा १ लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको खुलेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच