हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत मनहरी १ मा नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद खनालसहित प्यानल नै विजयी भएको हो ।
खनाल १ हजार ९३ मत प्राप्त गर्दै विजयी हँुदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ३ सय ९३ मत प्राप्त गरेका थिए । १ नम्बर वडामा १ हजार ७ सय मत ८७ मत खसेको थियो । उहाँसँगै नेपाली कांग्रेसबाट सदस्यहरुमा प्रदिप ढकाल, सानुकान्छा घलान, सिद्धिमाया तामाग, साबित्री घिमिरे विजयी भएका छन् ।
१ नम्बर वडाको मतगणना गरिसक्दा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रन्जन कालाखेतीले ९ सय ९८ मत प्राप्त गर्नुभएको भने नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ सय ६४ मत प्राप्त गर्नुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच