काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ । मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवमा टंकलाल घिसिङले उनीहरूलाई आइबार सम्मानित गर्नुभएको हो । मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही १३ लाख प्रदान गरेको छ । टी-२० विश्वकपका लागि छनोट हुन सफल १५ खेलाडीसहित प्रशिक्षक, टीम व्यवस्थापन, सहायक प्रशिक्षक र फिजियोलाई नगद दुई करोड ९७ लाख १० हजार रुपैयाँ प्रदान गरेको हो ।
टीम व्यवस्थापक सुमनराज कार्कीलाई एक लाख ९५ हजार, मुख्य प्रशिक्षक मोन्टी देसाईलाई तीन लाख ९० हजार, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेलाई समान एक लाख ९५ हजार प्रदान गरिएको हो ।
यस्ते, १९औं एसियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९औं एसियाली खेलकुदमा काँस्य पदक विजेता राष्ट्रिय महिला कबड्डी टीम, चौथो एसियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धनलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको थियो । एरिकालाई १९ लाख ५० हजार, प्रशिक्षक कुशल श्रेष्ठलाई दुई लाख ३४ हजार, सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाहीलाई समान ७८ हजार र व्यवस्थापक निवास गोपाल वैद्यलाई एक लाख ९५ हजारसहित सम्मान गरिएको हो ।
मन्त्रालयले १९औं एसियाली खेलकुदमा महिलातर्फ कबड्डीमा काँस्य पदक ल्याउने १२ जना खेलाडीलाई जनही तीन लाख ९० हजार, प्रमुख प्रशिक्षकलाई दुई लाख ६० हजार, सहायक प्रशिक्षक र टीम व्यवस्थापकलाई जनही एक लाख ३० हजार प्रदान गरेको हो । चौथो एसियाली पारा खेलकुदमा काँस्य पदक ल्याउने पलेशालाई १३ लाख, प्रशिक्षकलाई दुई लाख ६० हजार र टीम व्यवस्थापकलाई एक लाख ३० हजार रुपैयाँसहित मन्त्रालयले सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अहिले मन्त्रालयमा नियमित काम शुरु भएको बताउनु भयो । उहाँले नेपालमा खेलाडीहरूको जस्तै अनुशासित राजनीतिको आवश्यकता रहेको बताउनु भयो । उहाँले खेलाडी, खेलप्रेमी, प्रशंसकहरूबाट सिकेको सुसंस्कृत कुराहरू राजनीतिमा समावेश गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्काले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरबाट विश्वकप खेल्दा नेपाली क्रिकेट टिमलाई गरेको मायाले ठूलो हौसला मिलेको बताउनु भयो । उहाँले क्रिकेटमा भविष्य सुरक्षित छ भन्नेकुरा प्रमाणित भएको बताउनु भयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीहरूलाई पुरस्कार राशी प्राप्त हुनुले ठूलो हौसला मिल्ने बताउनु भयो । उहाँले काम गर्ने हुटहुटी एउटा नेतृत्वले राख्यो भने सकिन्छ भन्नेकुरा मन्त्री श्रेष्ठबाट पूरा भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच