![सेवा प्रवाह तथा सुशासनसँग सम्बन्धित कानुनबारे अन्तरक्रिया](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/hetauda-pro.jpg)
नवलपरासी । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले जनताको आवस्यकताका आधारमा नीति कार्यक्रम र बजेट आउनु पर्ने बताउनु भयो ।
मङलवार सुस्ता गाउँपालिकाको १५ औं गाउँ सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले बजेट निर्माण नभई बढ्ने प्रबृतिले विकासमा समस्या आएको बताउनु भयो । "बजेट निर्माण गर्दा हुने विकास निर्माणमा एकीकृत र आवश्यकताका रूपमा साझा धारणा बनाउनु पर्छ ।" मन्त्री बस्नेतले भन्नुभयो । बजेटलाई खर्च गर्दा आवश्यकता उपयुक्त ठाउँमा भएमा मात्रै जनताले बिकासको अनुभुती गर्ने सक्ने मन्त्री बस्नेतको भनाइ छ ।
सुस्ता गाउपालिकाको १५ औ गाउ सभामा आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै गुणस्तरीय स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ जस्ता आधारभुत सेवामा सबैको समतामूलक पहुँच, कृषिको उत्पादन र उत्पादकत्व अभिबृद्दी, बजारको सर्वसुलभ पहुँच, पुर्वाधार निर्माण, रोजगारी तथा स्वरोजगारीका अवसरको सृर्जना, मानव पूंजीको निर्माण, पर्यटकिय क्षेत्रको विकास लगायतलाई विशेष प्राथमिकता दिइने अध्यक्ष टेक नारायण उपाध्यायले जानकारी दिनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच