काठमाडौं । राप्रपा महिला संगठन अध्यक्ष अञ्जना शाह रावलले पदबाट राजीनामा दिँदै राप्रपा त्यागेको घोषणा गर्नु भएको छ ।
राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङलाई सम्बोधन गरेर रावलले राजीनामा दिनुभएको हो ।
राजीनामापत्रमा उहाँले आफूलाई पार्टीको राष्ट्रिय प्रजातान्त्रिक संगठनको महिला तदर्थ समितिको संयोजकको रुपमा दिइएको जिम्मेवारी पूरा गर्दै प्रथम महाधिवेशनबाट गत वर्ष वैशाख २५ मा अध्यक्ष भएर धेरै काम गर्दा पनि असहयोग भएको भन्दै असन्तोष व्यक्त गर्नुभएको छ ।
पार्टीको नीति, विचार र सिद्धान्तलाई उच्च स्थानमा राखी आफूले नेतृत्व गरेको संगठनलाई उचाई दिन, देशकै गौरवान्दित संगठन निर्माण गर्न र पार्टीको एउटा दरिलो खम्बाको रुपमा उभिई पार्टीलाई टेवा पुऱ्याउनु बाहेक आफ्नो व्यक्तिगत स्वार्थ नरहेको बताउँदै संगठनलाई अगाडि बढाई रहँदा आफ्ना कारणले सहकर्मीसंग सहकार्य गर्न असहज पैदा भइरहेको उहाँले उल्लेख गर्नुभएकाे छ ।
उहाँले भन्नुभएकाे छ- 'उहाँहरुको असहयोग रहेको बारेमा पार्टी नेतृत्व र जिम्मेवार पदाधिकारीहरुलाई बारम्बार जानकारी गराउँदा पनि उत्साह, हौसला र प्रेरणा प्राप्त गर्नु पर्ने ठाउँमा हत्तोत्साहित हुने वातावरण निर्माण भएको हुँदा महिला संगठनलाई सोचे जस्तो ढङ्गबाट अगाडि बढाउन र संगठनलाई उचाई दिन असमर्थ भएकोले यसको सम्पूर्ण नैतिक जिम्मेवारी लिंदै पार्टीबाट विदा हुने निर्णय गरेको छु ।'
‘आजको दिनदेखि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा दिँदै मलगायत सम्पूर्ण मेरो परिवार राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य र यो पार्टीको भोटरसमेत नरहने जानकारी दिन चाहन्छु ।’ रावलले राजीनामा पत्रमा भन्नुभएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच