
झापा । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले खोक्रो रटानले मात्रै समाजवादमा नपुगिने बताउनु भएको छ ।
समाजवाद स्थापनाका लागि स्पष्ट कार्यदिशा र कार्यक्रम अपरिहार्य हुने उहाँको तर्क छ । पार्टीको संगठन विभाग प्रमुख समेत रहनु भएको शर्माले जनतालाई उत्पादनसँग जोड्नु पर्ने आवश्यकता औँल्याउनु भयो ।
‘मैले शान्ति सम्झौता अगावै उत्पादन र विकासलाई आत्मसात गर्ने नेतृत्वलाई सुझाएको हुँ’, नेकपा माओवादी केन्द्रको पूर्वेली संगठन सुदृढीकरण अभियान कार्यक्रमलाई बुधबार झापाको दमकमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘मेरो सुझावलाई नेतृत्वले बेवास्ता गर्यो, जनतालाई विकास र उत्पादनसँग जोड्न नसक्दासम्म समाजवादको कुरा गर्नु व्यर्थ हुन्छ ।’
सो अभियान अन्तरगत दमक नगर कमिटीले अघि सारेको छ । हालसम्म लिची, आँप, अम्बकका गरि १ लाख बिरुवा रोप्ने योजना सहित ४२ हजार विरुवा वितरण गरिसकिएको छ । सो कार्यको नेता शर्माले प्रशंसा गर्नुभयो । शर्माले भन्नुभयो, ‘६० को दशकदेखि नै पार्टीले यो कार्य अघि बढाएको भए यतिबेला मुलुक हरियाली भइसक्ने थियोे ।’
पार्टीको दमक नगर कमिटीले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्यद्वय रञ्जित तामाङ र हरि राना, झापा संयोजक अग्नि आचार्य लगायतले बोल्नु भएको थियोे । उहाँहरुले नेतृत्व पद्धतिमा हिड्न नसकेकाले पार्टी कमजोर भएको जिकिर गर्नुभयो ।
पार्टीमा इमान्दार कार्यकर्ता पछि परेको र पार्टी गलत दिशामा धकेलिएको उहाँहरुको ठम्याइ छ । पार्टी लामो समयदेखि सरकारमा भएपनि इमान्दार कार्यकर्ताको कुरा नेतृत्वले नसुन्दा जनअपेक्षा सम्बोधन हुन नसकेको उहाँहरुको निष्कर्ष छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच