काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्रधानमन्त्रीले बोल्दा सबै दलका प्रमुख नेता तथा मन्त्रीहरु उपस्थित नभएकोप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
आज प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिएपछि प्रधानमन्त्री प्रचण्डले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने समयमा सत्ता पक्ष तथा प्रतिपक्षका सबै नेताहरु उपस्थित रहने संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यो परम्परा विस्तारै कम हुँदै गएको र यसले आफैँलाई अपमान गरेको टिप्पणी गर्नुभयो ।
उहाँले यो परम्परा पछिल्ला दिनहरुमा तोडिँदै गएको बताउँदै यसले प्रधानमन्त्रीको अपमान नभएर आफैँले आफैँलाई अपमान गर्दै गएको हुने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘हाम्रो सदनको एउटा परम्परा, प्रचलन गरिमा जे भए पनि प्रधानमन्त्रीले बोल्ने दिनमा सत्तापक्ष र प्रतिपक्ष पनि सबै माननीय र मन्त्रीहरू पनि इमरजेन्सीबाहेक उपस्थित हुने नेपालको इतिहासमा स्थापित थियो। तर, क्रमशः त्यो पातलिन थालेको छ। यसले अमुक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला। यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफू आफैंलाई अवमूल्यन गरेको ठहरिन्छ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच