हेटौंडाबाट लागुऔषध गाँजासहित एक युवक पक्राउ 

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 1 min

हेटौंडा । हेटौंडाबाट लागुऔषध गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हेटौंडा -१५ पिपलबोटस्थित पुर्व पश्चिम लोकमार्गबाट ४ किलो ४००  ग्राम लागुऔषध गाँजासहित एक पुरुषलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा  जिल्ला महोत्तरी एकडाँडा गाउँपालिका-४ बस्ने वर्ष २८ वर्षीय  रामलोचन ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीको अनुसार बुधबार  सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा हेटौडाबाट बिरगंज तर्फ जादै गरेका ठाकुरलाई  शंका लागि  खानतलासी गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा ४ किलो ४०० ग्राम लागूऔषध गाँजा फेला पारी पक्राउ गरिएको हो।

उक्त लागूऔषध गाँजासहित रामलोचनलाई नियन्त्रणमा लिई  मकवानपुर जिल्ला अदालत हेटौडाबाट दिन ७ म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?