अहिले मेरा हातमा एउटा सानो पुस्तक आइपुगेको छ प्रीति आत्रेय ज्ञवालीले लेखेको ‘चुटुक्क’ शीर्षकको मुक्तकसङ्ग्रह । पुस्तक स्ट्यान्डर्ड साइज वा गोजी साइज भनिने सानो साइजमा छ । मदनप्रसाद नेपाल प्रकाशक रहेको यस पुस्तकको यो पहिलो संस्करण हो जुन २०८० सालमा प्रकाशित भएको छ । यसको सर्वाधिकार कृतिकारमै निहित रहेको छ भने पुस्तक ५०१ सङ्ख्यामा प्रकाशित भएको जनाइएको छ । पुस्तकमा भूमिका खण्डमा २४ र पाठ्य खण्डमा १०२ गरी जम्मा १२६ पृष्ठ छन् र पुस्तकको मूल्य ३२५ रुपैयाँ छ । विदेशमा भने यसको मूल्य ५ युएस डलर राखिएको छ ।
पहेंलो हलुका कागजमा छापिएको यस पुस्तकको छपाइस्तरीय छ तर अशुद्धिहरू भने भेटिन्छन् । क्रिएटिभ प्रेस प्रा.लि. हाँडीगाउँ काठमाडौंमा मुद्रण भएको यस पुस्तकको आवरण प्रशस्ति ज्ञवालीबाट तयार भएको जनाइएको छ । पुस्तकको आवरण आकर्षक र पुस्तक सुहाउँदो रहेको छ । गाढा नीलो पृष्ठभूमिमा बीचमा एउटा कार्टुनजस्तोमा प्यागोडा शैलीको मन्दिर, नेपालको राष्ट्रिय झण्डा, खेलौना भालु, कलम र केही लेखोट रहेका छन् भनेमाथि सेता ठूला अक्षरमा पुस्तकको शीर्षक ‘चुटुक्क’ राखिएको छ । तल सेता अलिक साना अक्षरमा ‘प्रीति आत्रेय ज्ञवाली’ भनेर मुक्तकारको नाग दिइएको छ ।
मुक्तक साहित्यको पुरानो र स्थापित विधा हो । चार हरफमा आफ्ना कुरा भन्न सकिने हुँदा छोटो समयमा यसको भाव ग्रहण गर्न सकिन्छ । यस कारणले गर्दा मुक्तक विधाको लेखन सघन रूपमा भइरहेको छ र त्यसैमा प्रीति आत्रेयको यो सङ्ग्रह पनि थपिन आएको छ ।
पृष्ठ आवरण पनि गाढा नीलो पृष्ठभूमिमा माथि पट्टि मुक्तककारको फोटोसहित यही पुस्तकको भूमिका खण्डबाट लिइएको डा.कौशिला रिसाल, डा. सीता सुवेदी पन्थी, डा.रेणुका सोलु, विजयध्वज थापा र यादव भट्टराईका भनाइहरू उदृत गरिएको छ । भूमिका खण्डको सुरुमा भगवान श्रीकृष्णको तस्वीरसहित यो कृति उनैमा समर्पण गरेर एउटा मुक्तक राखिएको छ ‘ओम नमो भगवते वासुदेवाय’ भनेर । त्यसपछि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा.कौशिला रिसालको ‘शुभकामना’, साइनो वाङ्मय चौतारीकी अध्यक्ष डा.सीति सुवेदी पन्थीको ‘हार्दिक शुभकामना’, डा. रेणुका सोलुको ‘चुटुक्क कृतिलाई सुटुक्क माया’, लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको ‘शुभकामना’, नेपाल मुक्तक प्रतिष्ठानका महासभिव यादव भट्टराईको ‘प्रीति आत्रेय ज्ञवाली र उनको मुक्तक कृति चुटुक्क’ रहेका छन् ।
यसैगरी कृतिकार प्रीति आत्रेयको ‘मुक्तकीय गन्थन’ हामी र हाम्रो कृति समूहका महासचिव बद्री उप्रेतीको ‘परिचय’ हामी र हाम्रो कृति समूहका अध्यक्ष मदन नेपालको सम्पादकीय पनि रहेका छन् । मुक्तक सर्ग, अध्याय, प्रबन्ध नभएको स्वतन्त्र र शक्तिशाली विधा हो भनेर प्रा. डा. दुर्गाप्रसाद अर्यालले भन्नुभएजस्तै यो चार हरफको स्वतन्त्र विधा हो । पछिल्ला दिनहरूमा मुक्तक साहित्यमा निकै लोकप्रिय बनिरहेको विधा हो । लेख्न, पढ्न छोटोछरितो विधा भएको र वर्तमान समयमा मानिसलाई फुर्सद कम हुने भएका कारण यो छोटो समयमा पढ्न र भाव ग्रहण गर्न सकिने भएका कारणले पनि यसको यसरी लोकप्रियता बढेको हुनसक्छ । सामाजिक सञ्जालहरूमा पोष्ट गर्न सजिलो भएका कारणले गर्दा पनि मुक्तकको लेखनमा तीव्रता आइरहेको छ ।
मुक्तक साहित्यको पुरानो र स्थापित विधा पनि हो । चार हरफमा आफ्ना कुरा चटक्क भन्न सकिने हुँदा छोटो समयमा यसको भाव ग्रहण गर्न सकिन्छ । यस कारणले गर्दा मुक्तक विधाको लेखन सघन रूपमा भइरहेको छ र त्यसैमा प्रीति आत्रेयको यो सङ्ग्रह पनि थपिन आएको छ । यस सङ्ग्रहमा ३०६ वटा मुक्तकहरू समावेश छन् र प्रीतिले यसका लेखनको विविधता कायम गर्न सक्नुभएको छ । प्रकृति, राष्ट्र र राष्ट्रियता, जीवन जगत, मानवीय व्यवहार, संस्कार संस्कृति लगायतका फरक फरक विषयहरू यहाँ समेटिएका छन् । कृतिका लागि कृतिकार आत्रेयलाई बधाई छ । साथै अन्यान्य कृतिहरूका लागि शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच