![‘सम्झनाको लहर’ निबन्धभित्र डुुबुुल्किँदा !](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Badri-Prasad-Dahal-Hita-Article.jpg)
✍️ विमल भौकाजी
सम्यताको विकासक्रमसँगै समाजमा रहेका सबै क्षेत्रमा विकास हुँदै गएको प्ररिप्रेक्षमा साहित्य सबैभन्दा अगाडि छ । विधागत रूपमा उपन्यास, कथा, निबन्ध, नाटक, कविताहरूले आआफ्नो भिन्न-भिन्न परिचयको बाटो समातेको छ । सन्दर्भ कविता विधाको । यस विधाअन्तर्गत लामा-छोटा कवितादेखि लिएर ठूला-ठूला महाकाव्य-खण्डकाव्यहरू लेखिएको पाइन्छ । त्यसो त, यही विधाभित्र विभिन्न किसिमका उपविधाहरू लेखिएका छन् । मुक्तक, हाइकु, ताङ्का, चोका, सोदाका, छोक आदि हुँदै अहिले आएर देखिएको नयाँ उपविधा हो- बाछिटा ।
गत वैशाख महिनामा ‘अमर त्यागीका कवितामा वस्तुविधान’ लगायत उनै अमर त्यागीद्वारा प्रवद्र्धित ‘बाछिटा’ का ७ थान पुस्तक-अव्यक्त, अनन्य, अनित्य, अमूल्य, अन्तर्य, अज्ञात, अमूर्त, एकसाथ राजधानीमा सार्वजनिक गरिए । स्थानाभावका कारण यहाँ अमर त्यागीद्वारा लिखित ‘अव्यक्त’ र हरिभक्त सिग्देल ‘महेश’ को ‘अनित्य’को सानो चर्चा गरिएको छ । उसो त सार्वजनिक समारोहमै पनि बाछिटाका बारेमा भनिएकै हो- बाछिटा भनेको कविता विधाको लघुतम स्वरूपको उपविधा हो । स्वयम् त्यागीको भनाइमा ‘बाछिटा’मा मूलतः निम्नलिखित अनुशासनलाई पालना गरिएको हुनुपर्छ-
१. बाछिटा भावपूर्ण हुनुपर्छ ।
२. यो प्रतीकात्मक हुनुपर्छ अथवा व्यञ्जनात्मक हुनुपर्छ ।
३.बाछिटाका तीनवटै हरफमा अर्थगत सामन्जस्य हुनुपर्छ ।
४. यसमा प्राकृतिक विम्ब हुनुपर्छ ।
५. बाछिटामा प्रयुक्त भाषा व्याकरणिक हुनुपर्छ ।
६. बाछिटा साहित्यिक रूपमा सबल, सुबोध्य र सङ्गठित हुनुपर्छ ।
उदाहरणका लागि ‘अव्यक्त’भित्रको यो बाछिटाले संप्रेषण गरेको भाव, प्रतीक र त्यसको अर्थलाई मनन गरौँ– ‘ऐजन
ऐँजेरु ऐन
ऐँठन’
कानुनको प्रतिबिम्बको रूपमा लेखिएको यो बाछिटालाई सहजै बुझ्न सकिन्छ । यद्यपि, सङ्ग्रहका अधिकांश बाछिटाहरूलाई अथ्र्याउन महाभारत नै पर्छ । सम्भवतः क्लिष्टताबाट बाछिटा मुक्त छैन । बाछिटाकारहरूप्रति प्रश्न उठाउन सकिन्छ- के क्लिष्टता बाछिटाको विशेषता हो ? तथापि, आजको समय ओठ चलाउँदा वा आँखा झिम्क्याउँदा नै भाषा बुझ्नुपर्ने समय हो । लामो प्रवचन-भाषण सुनिराख्ने फुर्सद कसैलाई छैन । यस सन्दर्भमा, खास गरेर साहित्यिक क्षेत्रका व्यक्तिहरूका लागि ‘बाछिटा’ औचित्यपूर्ण सावित हुन सक्छ । काव्यिक भाषामा भन्नुपर्दा, बाछिटा- सुन्दाखेरि पानीको छिटाजस्तो भए पनि जब त्यसले गहन अर्थ दिन्छ, तब त्यो मुसलधारे वर्षाजस्तो अनुभूति हुन्छ । अर्को शब्दमा, आगोको सानो झिल्काजस्ता साना शब्दहरू जसले आगोको ज्वाला दिने सक्ने शक्ति बाछिटामा प्रयोग गरिएका प्रतीकात्मक शब्दहरूमा रहेका हुन्छन् ।
‘भावना
दैलोको दियो
चेतना’
अमर त्यागीको ‘अव्यक्त’मा सङ्गृहीत ७४४ थान बाछिटामध्येको उपर्युक्त यो बाछिटाको अर्थ कति गहन छ ! चेतनालाई उज्यालो प्रतीकको रूपमा सटिक तवरले जम्मा चार शब्दमा भन्न सक्नु नै यो बाछिटाको विशेषता हो । यस अर्थमा, बाछिटा भनेको लामा-लामा साहित्य पढिरहने फुर्सद नभएको आजको यस्तो व्यस्त समयमा यति छोटा शब्द-साहित्यको आविष्कार गरिनुले बाछिटा-प्रवत्र्तकलाई धन्यवादको पात्र बनाएको छ ।
बाछिटाको परिभाषामा भनिएको- ‘प्रथम पङ्क्तिमा विषयको उठान गर्ने, दोस्र्रोमा विषयलाई उत्कर्षमा पुर्याउने र तेस्रो पङ्क्तिमा विषयको मूल मर्म वा भावलाई चस्स छुने किसिमले व्यक्त गर्ने आधारमा विषयगत स्वरूपको परिकल्पना गरिएको काव्य सिर्जना’को अनुशासनलाई यी बाछिटाहरूले पूर्ण रूपमा पछ्याएका छन् ।
सबैभन्दा महत्वपूर्ण कुरो, बाछिटाको प्रवर्तनसँगै बाछिटाको रचना गर्दै एकसाथ थुप्रै बाछिटाकारहरू देखिनु नेपाली साहित्यको क्षेत्रमा ठूलो उपलब्धि हो । जसमध्ये हरिभक्त सिग्देल ‘महेश’ एक विशेष नाम हो । उनको बाछिटासङ्ग्रहको नाम रहेको छ-‘अनित्य’ । यसमा ४८० थान बाछिटा समावेश गरिएका छन् । पुस्तकको भूमिकामा अमर त्यागीका बौद्धिक पङ्क्तिहरू यसरी अङ्कित भएका छन्-‘अनित्य- जीवन भोगाइका भावाभिव्यक्तिहरूको एउटा फराकिलो थाङ्ग्रो हो । यस थाङ्ग्रोमा बाछिटाका पोटिला घोगाहरू तहगत रूपमा राखिएका छन् । र, प्रत्येक घोगामा भावगत अक्षरका दानाहरू भरिला छन् ।’ बाछिटाका रचनाहरूलाई यसरी सूक्ष्म दृष्टिकोणका साथ पर्गेल्न सक्ने क्षमता राख्नु सम्भवतः अमर त्यागी बाछिटाको आत्मगृहकै बासिन्दा भएकाले नै हुनुपर्छ ।
‘कमिला
अथक परिश्रम
उज्याला’
बाछिटाको परिभाषामा भनिएको- ‘प्रथम पङ्क्तिमा विषयको उठान गर्ने, दोस्र्रोमा विषयलाई उत्कर्षमा पु¥याउने र तेस्रो पङ्क्तिमा विषयको मूल मर्म वा भावलाई चस्स छुने किसिमले व्यक्त गर्ने आधारमा विषयगत स्वरूपको परिकल्पना गरिएको काव्य सिर्जना’को अनुशासनलाई यी बाछिटाहरूले पूर्ण रूपमा पछ्याएका छन् । थोरै शब्दको पङ्क्तिमा अनुप्रास मिलाउनु त्यसै पनि कठिन त हुँदै हो, झन् त्यसमाथि ती शब्दहरूले निश्चित रूपले इङ्गित गरेरै गहन विषयको उठान गरेर यी बाछिटाहरूले आफ्नो स्पष्ट परिचय दिएका छन् ।
हाम्रो देशको समसामयिक विसङ्त राजनीतिक विषयलाई सीधै औँल्याइएको यो बाछिटाले स्पष्टै छर्लङ्याइदिएको छ-
‘राष्ट्रिय
दुर्दशा दाग
सङ्घीय’
रचनाकारद्वारा सिर्जित बाछिटाहरूको अध्ययनले बताउँछ- विषयवस्तुको हिसाबले बाछिटा कुनै साँघुरो क्षेत्रमा सीमित रहँदैन । समाजसँग जोडिएका हरेक विषय-क्षेत्रलाई यसले समेटेको हुन्छ । चाहे सांस्कृतिक होस् या धार्मिक, प्रशासनिक होस् या व्यावसायिक, शैक्षिक होस् स्वास्थ्य, बैङ्किङ होस् वा आद्योगिक अथवा वर्गीय, जातीय, लैङ्गिक; जुनसुकै विषय पनि नवप्रवत्र्तीय काव्य बाछिटामा अटाउन सक्छ । साहित्यको परिभाषामा भनिएअनुरूप-‘जीवन, जगत् र भोगाइका अनुभूतिजन्य संवेदना र सञ्चेतनाको भाषिक अभिव्यञ्जना’को मातहत बाछिटाले ख्याति आर्जन गर्न सक्ने यी बाछिटासङ्ग्रहहरूले स्पष्ट लाक्षणिक संकेत गरेका छन् नेपाली साहित्यले यसलाई सहर्ष स्वीकार्ने छ । यसमा दुईमत छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच