आँपको रुखबाट लडेर एकको मृत्यु

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 1 min

झापा । आँप टिप्न रुख चढेका एक युवाको लडेर मृत्यु भएको छ । अन्दाजी ३० वर्षीय सन्तोष गुरुङको आज आँपको रुखबाट लडेर  मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

ताप्लेजुङ स्थायी घर भएका गुरुङ केही वर्ष अघिदेखि बिर्तामोड नगरपालिका-६ स्यालडाँगीमा बस्दै आएको छिमेकी प्रतिमा रायमाझीले बताउनुभयो ।

गुरुङको तीन वर्षीय एक सन्तान र श्रीमती छन् । घर धनीले धेरै आँप भएको रुखमा चढ्न आग्रह गरेपनि सन्तोष थोरै आँप भएको रुखमा चढेको प्रत्यक्षदर्शीले बताएका छन् । उनी रुख चढ्नासाथ लडेको जनाइएको छ ।

बिर्तामोड-६ वडा कार्यालयको कर्मचारीसमेत रहनु भएको रायमाझीले गुरुङको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?