काठमाडौं । विभागीय टोली नेपाल आर्मी सीता दाहाल राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको च्याम्पियन बनेको छ । काठमाडौंको लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा आर्मीले अर्को विभागीय टोली एपिएफ क्लबलाई २५-२४ को साँघुरो अन्तरले पराजित गरेको हो ।
विजेता आर्मीले एक लाख र उपविजेता एपिएफले ५० हजार रुपैयाँ प्राप्त गरे । सेमिफाइनलमा पराजित नेपाल प्रहरी र सुदूरपश्चिमले समान २५ हजार रुपैयाँ हात पारे ।
अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगितामा आर्मीकी अनुजा कुलुङराई उत्कृष्ट खेलाडी घोषित हुनुभयो । अनुजाले ११ हजार रुपैयाँ प्राप्त गर्नुभयो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ, सदस्य प्रकाशकुमार कुसारीलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
असार ४ गतेदेखि सुरु भएको प्रतियोगितामा पाँच प्रदेश (गण्डकी/कर्णालीबाहेक) र तीन विभागीय टोली गरी आठ टोलीले प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव अरविन्दकुमार झाले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच