अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो चेल्सी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा चेल्सी नटिङ्घम फोरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

एक गोलले पछि परेको स्थितिमा फोरेस्ट घरेलु मैदानमा हारबाट जोगिएको हो । चेल्सी भने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो । बराबर पछि चेल्सी १६ खेलबाट २५ अंक साथ आठौं। स्थानमा छ । १४ अंकजोडेको फोरेस्ट रेलिगेशन क्षेत्रमा छ ।

खेलको १६औं मिनेटमा रहिम स्टर्लिङको गोलमा चेल्सीले खेलमा अग्रता बनाएको थियो । पोलमा ढोकिएको रिबाउँन्ड बललाई बक्स भित्रबाट स्टर्लिङले वान टचमै जाली चुमाएका थिए । खेलको ६३औं मिनेटमा फोरेस्ट खेलमा फर्कियो । बोलीको पासमा सर्जी औरियरले बराबरी गोल गरेका थिए ।

राति नै भएको खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२ औं स्थानमा रहेको छ । पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थामा यथावत छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?