काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं पूर्वी क्षेत्रीय समितिले जनस्वास्थ्य कार्यालय काठमाडौंको सहयोगमा ग्रिल कर्मचारीका लागि स्वास्थ्य शिविर आयोजना गरेको छ । काठमाडौं जिल्ला अध्यक्ष सुनिल अमात्यले कार्यक्रम उद्घाटन गर्दै ग्रिल व्यवसाय अन्य व्यवसायभन्दा जोखिम व्यवसाय भएकाले यस किसिमको स्वास्थ्य शिविरले स्वयं व्यवसायी र कर्मचारीलाई राहत पुग्ने भन्दै ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंले जिल्लाव्यापी रूपमा व्यवसायी र कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं पूर्वी क्षेत्रीय अध्यक्ष विष्णु श्रेष्ठले पहिलोपटक धेरै प्रकारका रोग परीक्षण शिविरबाट धेरैभन्दा धेरै लाभान्वित हुने बताउनुभयो । काठमाडौंका १४ वटै इकाईबाट सहभागिता जनाइएको उक्त शिविरमा कपन इकाई समिति अध्यक्ष भेषबहादुर श्रेष्ठले विगत केही वर्षयता ग्रिल व्यवसायमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षासम्बन्धी ज्ञानको कमीका कारण धेरै जनाले ज्यान गुमाएका र धेरैको अंगभंग भएको भन्दै शिविर तल्लो तहसम्म सञ्चालन हुुुनुपर्ने बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले एकै ठाउँमा आँखा, कान, छाला, प्रेसर, सुगर परीक्षण गरी निःशुल्क रूपमा औषधिसमेत वितरण गरिएको जानकारी गराउँदै स्वास्थ्य शिविरले स्वरोजगार व्यवसायी र कर्मचारीलाई ठूलो राहत मिल्ने भएकाले अन्य क्षेत्र समिति, इकाई समिति र जिल्लालाई पनि यस किसिमका शिविरका लागि आफूले महासंघमार्फत् पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । एक सय २५ जना लाभान्वित भएको शिविरमा धुलिखेल अस्पताल, तिलगंगा आँखा अस्पताल र जनस्वास्थ्य कार्यालयका चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच