![जब चिनी तीतो हुन्छ…](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/Dr-Aruna-Uperiti.jpg)
काठमाडौं । वरिष्ठ सौन्दर्यविद् महरा सम्मानित हुनुभएको छ । सौन्दर्य व्यवसाय फर्म फेसियल हाउसकी प्रबन्ध निर्देशक र काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवं उद्यमी व्यवसायी वरिष्ठ सौन्दर्यविद् महरा वर्षकै राष्ट्रिय सौन्दर्यविद् उत्कृष्ट सेवा सम्मान २०८१ बाट सम्मानित हुनुभएको हो ।
शनिबार राष्ट्रिय नाचघर जमलमा तिलक फिल्मस् प्रालिको आठौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विशेष समारोहमा प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले एक विशेष समारोहबीच सौन्दर्यविद् महरालाई सम्मान गर्नु अर्पण गर्नुभएको थियो ।
विगत २६ वर्षदेखि निरन्तर सौन्दर्य क्षेत्र हुँदै सामाजिक कार्यमा समेत सक्रिय सम्मानित महरा वरिष्ठ सौन्दर्यविद् एवं उद्यमी व्यवसायी हुनुहुन्छ । महरा नेपालकै अग्रणी सौन्दर्य व्यवसाय फर्म फेसियल हाउसकी सञ्चालक तथा प्रबन्ध निर्देशक र काठमाडौं उद्योग वाणिज्य संघको सचिवका रूपमा काम गर्दै आउनुभएको छ । जसले व्यावसायिक रूपमा हुँदा खानेदेखि हुने खानेसम्म र शुभकार्य, सौन्दर्य प्रतियोगिता, गीतसंगीतदेखि चलचित्रसम्मलाई सेवा प्रवाह गर्दै आइरहनुभएको छ ।
त्यसो त यस माझमा उहाँले आफ्नै बलबुतामा फेसियल हाउसलाई बिस्तार गर्दै हालसम्ममा आठवटा शाखा सञ्जाल खडा गर्नुभएको छ । जुन धेरै महिलाहरूका लागि प्रेरणादायी स्रोत बन्दै आएको छ । राज्यलाई झक्झकाउने सवाल होस् वा आममहिला दिदीबहिनीलाई झक्झकाउने कार्य, यसका निम्ति उहाँले सदैव अग्रपंतिमा रहेर काम गर्दै आउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच