
काठमाडौं । घुम्ती कविगोष्ठीको १३९औं शृंखला सम्पन्न भएको छ । साहित्यकार वसन्त रिजालको निवास जोरपाटीमा आयोजना भएको उक्त कार्यक्रममा वसन्त रिजाल सभापति, साहित्यकार बाजुराम पौडेल प्रमुख अतिथि र गोविन्द घिमिरे वेदमणि विशिष्ठ अतिथि रहनुभएको थियो । माधवलाल श्रेष्ठको स्वागत भाषण तथा रामकुमार पण्डितको सहजीकरण भएको उक्त कार्यक्रमा विभिन्न चारदर्जन जति कविले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कविता वाचन गर्नुहुने कविहरूमा विनोद दाहाल वत्स, माधवलाल श्रेष्ठ, घनश्याम प्रसाई, त्रिलोचन आचार्य, कृष्णप्रसाद सुवेदी, पवन बुढाथोकी, रञ्जु खनाल, खोलाघरे साहिँलो, निरञ्जनप्रसाल दंगाल, रत्न उप्रेती, गोविन्द नेपाल, प्रोल्हास सिन्धुलीय, सीताराम पोखरेल, डिल्लीराम अर्याल, नवराज पुडासैनी ज्योस्ना, बुद्धिसागर पौडेल, डिल्ली सुवेदी, गङ्गाप्रसाद भेटवाल, बिपी इलामे, परशुराम पराशर, शारदा पराजुली, रामचन्द्र दाहाल, एमबी जनकपुरी रहनुभएको थियो । वाचन गर्ने अन्य कविहरूमा राजन पुडासैनी, विमल अर्याल, जनक केसी, महेश्वर खनाल, प्रकाश कुइँकेल, कात्यायन, रमेश खनाल, उद्धव रायमाझी, आलोक चालिसे, सरिता घिमिरे, जयराम बिडारी र रुवि सत्याल हुनुहुन्यो ।
कार्यक्रममा कविता दाहाल, नन्दीश अधिकारी, प्रतीक घिमिरे, रामकुमार पण्डित, बाजुराम पौडेल, शीतल गिरीलगायतले रचना वाचन गर्नुभएको थियो । उक्त कार्यक्रममा शंकर भारती, रामहरि रिजाल र निबन्ध आचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो भने ज्ञानदीप सापकोटा तथा बालगायिका आशिका सापकोटा र अदिति सापकोटाले गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा वाचित कवितामाथि गोविन्द घिमिरेले टिप्पणी गर्नुभएको थियो भने सभापति रिजालले रचना वाचनसहित कार्यक्रममको समापन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच