काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सरकार अहिले चलाइरहेका राजनीतिक दलहरुलाई नै चलाउन छोडिदिएर काँग्रेसले आगामी निर्वाचनमा कम्तिमा सय सिट ल्याउने गरी लाग्न पार्टीका नेता/कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले २०८४ सम्म काँग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र यो बीचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताउनु भयो । उहाँले म जादुगर हो भनेजसरी यता उति उफ्रिने काम प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोडिदिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ । एमोल, माओवादी, घण्टी, बण्टी, जो—जोले चलाएका छन्, चलाउन दिउँ । चलाउन् । सरकारतिर हामी हेर्दै नहेरौँ । र यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौँ, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बनाऔँ । धेरै पनि भन्दिनँ म, २०८४ सालमा कम्तिमा पनि सय सिट जित्ने गरिकन र ४० प्रतिशत मत ल्याउन सक्ने गरीकन गयौँ भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै होइन, संविधानमा लेखिएका यि कुराहरुलाई सकारात्मक ढंगले कार्यान्वयन गर्नसक्ने त्यो तागत पनि नेपाली काँग्रेसले राख्छ । त्यस्तो तागत भएको पार्टी नेपाली काँग्रेसलाई बनाउनु पर्छ । यता मिल्ने, उता मिल्ने, उसँग मिल्ने कुरा छोडिदिऔँ । म जादुगर हो भनेको जस्तो गरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ । यो उहाँहरुकै जिम्मा हो । यो बीचमा पार्टी निर्माण गर्ने काममा लागौँ ।’
महामन्त्री थापाले काँग्रेसले ०८४ मा कम्तिमा ४० प्रतिशत मत ल्याउने गरी पार्टी निर्माण लाग्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच