भोजपुर । पहाडी जिल्ला भोजपुरमा रहेका नौ वटा स्थानीय तहहरु मध्ये आठ पालिकाले आगामी आर्थिक बर्षका लागि बजेट सहितको नीति कार्यक्रम ल्याएका छन् ।
जिल्लाको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका बाहेकका अन्य आठ पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, सहकारी लगायतका बिषयहरुलाई समेटदै आफनो नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । जिल्लामा दुई नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् ।
आर्थिक बर्ष २०८१/०८२ का लागि सवैभन्दा ठुलो बजेट जिल्लाको उत्तर षडानन्द नगरपालिकाले ८० करोड २५ लाख ६६ हजार बरावरको ल्याएको छ । उसले आफनो १० औ नगरसभाबाट नीति कार्यक्रम पास गरेको हो । यस्तै भोजपुर नगरपालिकाले नवौं नगरसभाबाट ६३ करोड २५ लाख ९९ हजार एक रुपैया बरावरको बजेटमा नीति कार्यक्रम सार्वजनिक गरेको छ ।
जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले १६ औ गाउँसभा मार्फत ५२ करोड ७८ लाख १८ हजार नौ सय ९९ बजेट बरावरको नीति कार्यक्रम ल्याएको छ । त्यस्तै १४ औ गाउँसभाबाट अरुण गाउँपालिकाले ५१ करोड ६३ लाख ४० हजार बरावरको नीति कार्यक्रम सार्वजनिक गरेको छ । रामप्रसाद राई गाउँपालिकाले ४९ करोड ८२ लाख ६२ हजार बरावरको नीति कार्यक्रम १४ औ गाउँसभाबाट सार्वजनिक गरेको छ ।
जिल्लाको हतुवागढी गाउँपालिकाले १५ औ गाउँसभाबाट ४३ करोड ९७ लाख ६९ हजार बरावरको बजेट सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले जानकारी दिनुभयो । जिल्लाको दक्षिण आमचोक गाउँपालिकाले १६ औ गाउँसभाबाट ४२ करोड बरावरको नीति कार्यक्रम तय गरेको छ । जिल्लाको पालिका मध्ये सवैभन्दा कम पौवादुङमा गाउँपालिकाले ३६ करोड ९२ लाख ४१ हजार बरावरको आफनो नीति कार्यक्रम पारित गरेको छ । उसले १५ औ गाउँसभाबाट नीति कार्यक्रम सार्वजनिक गरेको हो ।
गाउँसभाबाट नीति कार्यक्रम ल्याउन बाँकी साल्पासिलिछो गाउँपालिकाले भने गाउँसभाको तयारी भई रहेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच