काठमाडौं । राष्ट्रिय जुडो प्रतियोगिताको १९औँ संस्करणमा एकै परिवारका तीनजना स्वर्ण जित्न सफल भएका छन् । दाजु इन्द्रबहादुर श्रेष्ठ तथा बहिनी देवकीमाया र निशाले आ-आफ्नो तौल समूहमा स्वर्ण जित्नुभएको हो ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रतियोगिताको ६६ केजीमुनिमा इन्द्र, ५२ केजीमुनिमा देवकी र ४८ केजीमुनिमा निशाले स्वर्ण जित्नुभएको हो । इन्द्र नेपाल प्रहरी तथा देवकी र निशाले बागमती प्रदेशबाट खेल्नुभएको थियो ।
तीनै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् । तीनै खेलाडीका प्रशिक्षक सूर्यनारायण श्रेष्ठ हुनुहुन्छ । इन्द्र र देवकीले १९औँ एसियाली खेलकुदमा समेत नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगितामा प्रहरी आठ स्वर्ण, दुई रजत र दुई कांस्य जित्दै टिम च्याम्पियन बन्यो । बागमती तीन स्वर्ण, दुई रजत र तीन कांस्यका साथ दोस्रो भयो । तेस्रो स्थानको नेपाल आर्मीले दुई स्वर्ण, चार रजत र पाँच कांस्य हात पार्यो ।
१४ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा एपिएफ क्लबले बाँकी एक स्वर्ण हासिल गर्यो । चौथो भएको एपिएफले एक रजत र चार कांस्य पनि जित्यो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच