नैतिक मूूल्य-मान्यता र विधिको उपहास, देशमा बढ्दो घिनलाग्दो भ्रष्टाचार !

बद्रीप्रसाद दाहाल
Read Time = 14 mins

भत्किएको बिग्रिएको गलत चालचलन वा अशुुद्ध आचरण नै भ्रष्टाचार भनेर बुझिन्छ । भ्रष्टाचार डरलाग्दो महापाप हो भने यसमा सरिक हुने कुपात्रहरू महापापी र पातकी नै हुन् । मनुुस्मृतिले धर्मको लक्षण बताउने क्रममा भनेको छ :
‘श्रुतिः स्मृतिः सदाचारः स्वस्य च प्रियमात्मनः।
सम्यक् संकल्पजः कामो धर्म मूूलमिदं स्मृतम्’ ।
अर्थात् वेद, स्मृतिहरू, असल आचरण, आत्माले प्रिय ठम्याएको, सुन्दर संकल्प वा अठोट, यी सबै धर्मका मूल हुन् । यसरी व्यावहारिक रूपमा व्यक्तिहरूका सत्-आचार अर्थात् चालचलन, बानी, ल्यागत वा प्रवृत्ति नै धर्मको मूूल वा जरा हो । हजारौं वर्षअघिदेखि हाम्रा हिन्दु विधानहरूले असल बानीबेहोरा धर्मको मूूल स्तम्भ हुन् भनी दिग्दर्शन गराउँदै आएका छन् ।

‘भ्रष्टाचार’ देहव्यापारभन्दा पनि धेरै खराब हो । देह व्यापारले कुनै व्यक्तिको नैतिकता बर्बाद पार्छ भने भ्रष्टाचारले सिंगै देशको नैतिकता सदाका लागि ध्वस्त पारिदिन्छ’ । अठारौं शताब्दीका विख्यात अष्ट्रियाली लेखक कार्ल क्राउसले तत्कालीन भ्रष्ट दशामाथि गम्भीर प्रहार गर्दै भावी समयको सतर्कताका लागि यस्तो लेखन आन्दोलन चलाएका थिए । भ्रष्टाचार विकासोन्मुख देशहरूका लागि भयकारी समस्या हो ।
त्यसै भएर विश्वविख्यात नेता नेल्सन मण्डेलाले पनि सबै भ्रष्टहरूलाई सम्झाउँदै बोलेका थिए, ‘भ्रष्टाचारले खराब शासनलाई मलजल गर्ने हुँदा पब्लिक अफिसमा बसेर भ्रष्टाचार गर्नेहरू हिस्रक अपराधीभन्दा पनि निन्दनीय हुन् । तपाईं पहिला मुलुकको समृद्धितिर लाग्नुहोस् तपाईंको समृद्धि स्वतः हुन्छ, किनकि खराब धनले मानव जीवन नरक बन्छ र व्यक्तित्व क्षयीकरणतिर धकेलिन्छ’ । हुन त हिजोआज स्वर्ग र नर्क नमान्ने जड नास्तिकहरूको बिगबिगीमा यो उनीहरूका लागि चरम अन्धविश्वास र धूूर्तहरूको फट्याइँ भनी जलप लाइदिन पनि सक्छन् । यो उद्दण्ड भीड न त माक्र्सका पछुवा हुन् न त भारत वर्षकै चार्वाकका अनुसमर्थक हुनसकेका छन् ।

भत्किएको, खोक्रिएको, आनीबानी वा व्यवहार भ्रष्टाचार हो । जजसका आचरण कुच्चिएका, बुच्चिएका र फुच्चिएका हुन्छन् तिनै हुन् भ्रष्ट । सामान्यतया राष्ट्रसेवकहरूले देशको ढुकुटीमा दखल गरी निजी लाभ लिने काम भ्रष्टाचार हो ।

वास्तवमा वेदव्यासले श्रीमद्भागवत्मा भनेका छन्, ‘यावत् भ्रियेत जठरं तावत् स्वत्वं हि देहिनाम् । अधिकं योभिमन्येत सस्तेनो दण्डमर्हति’ ।। अर्थात् जतिले पेट भरिन्छ त्यत्ति नै व्यक्तिको अधिकार हो, बढी कमाउको चाहना राख्ने व्यक्ति तस्कर हो र त्यस्तालाई दण्ड अनिवार्य दिनपर्छ । युनानी महापण्डित प्लेटोले त्यही कारण ‘फिलोसफर किङ’ अर्थात् दार्शनिक राजाको प्रक्षेपण गरेर शासक, प्रशासकलाई सम्पत्तिको अधिकार दिनुहुन्न भन्ने सिद्धान्तमा ‘आदर्श राज्य’ को अनुुकल्पना गरेका थिए ।

भत्किएको, खोक्रिएको, आनीबानी वा व्यवहार भ्रष्टाचार हो । जजसका आचरण कुच्चिएका, बुच्चिएका र फुच्चिएका हुन्छन् तिनै हुन् भ्रष्ट । सामान्यतया राष्ट्रसेवकहरूले देशको ढुकुटीमा दखल गरी निजी लाभ लिने काम भ्रष्टाचार हो । पश्चिमी महान् चिन्तक स्याम्युयल महोदयको शब्दमा भन्दा ः ‘राजद्रोह समाजका लागि केवल ज्वरो हो भने भ्रष्टाचार र अकर्मण्यता त चर्को क्षयरोग हो’ । निश्चय नै यही भयकारी क्षयरोगको महामारीमा नेपाल हाल थला परिहेको महारोगी देश हो ।

राणा, शाह राजा, पञ्च र बहुदलकालदेखि गणतन्त्रकालसम्मका शासक प्रशासक र अख्तियारी लिएका एकाध अपवाद छोडेर अधिकांश भ्रष्टाचारको ढापमा गाडिएर राष्टिय गौरव समाप्त पार्दै कसरी आपूm धनी बन्ने र आफ्ना सन्ततिका पुस्तौँ पुस्तालाई यो देशको अभिजात वर्गमा स्थापित गर्ने वा विकसित मुलुकको नागरिक बनाउने भन्ने संकीर्ण चिन्ताले गाँजेको गाँज्यै छ । प्रजातन्त्रकालदेखि हालको गणतन्त्रसम्मको तीन दशकभित्र भएका भ्रष्टाचार एवं लुट नेपालको भ्रष्टाचारको इतिहासमा ‘स्वर्णीम काल’ भन्दा अति नभएर सत्य, न्याय र वास्तविक वाणी ठहर्छ ।

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको जामा कुनै प्रणालीमा भिराउँदैमा त्यहाँ संविधानवाद जीवन्त हुन सक्दैन । जनवाद, जनतन्त्र र जनताको शासन रटेर कुनै मुलुक लोकतन्त्रको उचाइ चुम्ने होइन । जनताको आर्थिक समृद्धि र न्यायिक समाजको रचनामा जबसम्म नीतिकर्ता तथा शासक प्रशासकका व्यवहार र आचरण कार्यात्मक रूपमा अनुदित हुँदैन तवसम्म जनता सार्वभौम हुने कुरा कोरा कल्पनामात्रै हो । भर्खरै ९ डिसेम्बर २०२२ अर्थात् यही मंसिर २३ गते भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा प्रधानमन्त्री देउवाले देशमा हाल विकराल बनेको भ्रष्टाचार हाम्रा लागि चुनौती हो भनी सकारेका छन् ।

उनले आफ्नो अपिलमा बोले- भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूूमिका र सक्रियता अत्यावश्यक छ । भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण र निर्मूलन गरी स्वच्छ, स्वस्थ, नैतिक र विकसित समाज निर्माण गर्न सबै एकजुट हुन आवश्यक छ’ । देशको कार्यकारी प्रमुखको यो महसुसीकरणले नेपालमा भ्रष्टाचारको दशा कति बलियोसित फैलिएको रहेछ भन्ने स्पष्ट हुन्छ । अब शासकहरूले बोलीमा होइन व्यवहारमा अर्थात् एक्सनमा जान अनिवार्य छ ।

ट्रान्सपरेन्सी इन्टरनेसन नेपालको तर्फबाट संस्थाकी अध्यक्ष पद्मिनी प्रधानांगले अख्तियार दुरुपयोग अनुसन्धानको आयोजनामा सम्पन्न कार्यक्रममा (गत मार्ग २३ गते भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने क्रममा) नेपालले सय पूूर्णाङ्कमा ३२ नं. पाएको कुरा बताइन् । पचासभन्दा कम नं. आउने मुलुक आफैँमा उच्च भ्रष्टाचार हुुनेमा गनिन्छ । उनले नेपालमा राजनीतिक भ्रष्टाचारको नियन्त्रण पेचिलो भएको बताइन् । सर्वेक्षणले भ्रष्टाचार संस्थागत हुँदै गएको देखाएको छ । जस्तै मन्त्रीपरिषद्ले गरेको निर्णय अख्तियारले छानविन गर्न नपाउँदा ठूूला निर्णय त्यहीबाट हुने गरेका छन् ।

त्यस्तै निर्माण कार्य र सार्वजनिक खरिदमा हुने भ्रष्टाचारविरुद्ध राज्यले थप कडाइ गर्न जरुरी रहेको पनि उल्लेख गरेकी छिन् । त्यसै गरी उनले ओम्नी, सेक्युरिटी प्रेस र वाइडबडी जहाज प्रकरणमा भएको भ्रष्टाचारको अख्तियारले शीघ्र निर्णय गर्नुपर्ने बताइन् । त्यसैगरी सुराकी संरक्षण र कसुरजन्य सम्पत्तिसम्बन्धी कानुन चाँडो आउनुुपर्ने राय दिइन् । यसैबाट थाहा हुन्छ भ्रष्टाचार कहाँ-कहाँबाट भएका छन् ।

अख्तियार दुुरुपयोग अनुसन्धान आयोग भाकामा भाका मिलाएर यी दिल छुने कुरा पनि गर्छ : भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणार्थ उपचारात्मक, निरोधात्मक, प्रवर्धनात्मक र संस्थागत क्षमताको चारखम्बे रणनीति आयोगले बढाएको छ । तर, व्यवहारमा यी खम्बाहरूको माध्यमबाट कारबाहीको अम्बा खोइ त भ्रष्टाचारीहरूलाई दिएको भन्ने प्रश्नहरू यत्रतत्र छन् । खोलै नभएका ठाउँमा पुल कति बने भन्छन् । बाटै नभएको ठाउँमा रोड कहाँ निर्माण पास भएको छ । नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको ‘घुुस लिन्या र दिन्या देशका महाशत्रुु हुन्’ भन्ने आप्त वाक्यको मर्म हामीले कहिले मनन गर्ने ?

हाल दलहरूबीच चलिरहेको सत्ताको अस्वस्थ भागबण्डा लाभ हुने परिस्थितिमा जुन दल जुनसुकै दलसित लगन गाँठो बाँध्न तयार भएको दशाले संविधानको रूद्रघण्टी अठ्ठिने त होइन । अतः यस्तो विषम परिस्थितिलाई काबुमा ल्याउन एउटा सर्वाधिकार सम्पन्न सम्पत्ति छानविन आयोग गठन गर्नु जरुरी छ ।

सुुविधासम्पन्न भएर रहने जीवन शैली, अकूूत भौतिक वैभव थुपार्ने मानसिकता र दण्डहीन राज्ययन्त्र नै भ्रष्टाचारका कारक हुन् । यसै दिवसको सन्दर्भमा संरासका महासचिव बान कि मुनले आफ्नो सन्देशमा भनेका छन्, ‘भ्रष्टाचार सबै देशलाई असर पार्ने जटिल सामाजिक, राजनीतिक र आर्थिक रोग हो यो व्याधिविरुद्ध लड्न सरकारी संयन्त्र, निजी र नागरिक समाज सचेत हुनुपर्छ । न्यायसंगत, समावेशी तथा थप समृद्ध भविष्य निर्माणार्थ इमानदारीता, पारदर्शिता, जवाफदेहिता एवं असल शासनको संस्कृतिलाई बढावा दिनुपर्छ’ ।

हाल दलहरूबीच चलिरहेको सत्ताको अस्वस्थ भागबण्डा लाभ हुने परिस्थितिमा जुन दल जुनसुकै दलसित लगन गाँठो बाँध्न तयार भएको दशाले संविधानको रूद्रघण्टी अठ्ठिने त होइन । अतः यस्तो विषम परिस्थितिलाई काबूमा ल्याउन एउटा सर्वाधिकार सम्पन्न सम्पत्ति छानविन आयोग गठन गर्नु जरुरी छ । कम्तीमा २०४८ पछिका यो देशको शासकीय र प्रशासकीय नायकत्व लिएका आजसम्मका सबै क्षेत्रका पात्रहरूको न्यायिक रूपमा सम्पत्तिको जाँच गरी भ्रष्ट सम्पत्तिको राष्ट्रियकरण गर्न जरुरी छ । दण्ड र पुरस्कार एक सिक्काका दुई पाटा हुन् । दण्डरहित राज्य राज्य हुनै सक्दैन ।

यो भयकारी महारोगलाई समूल उच्छेदन गर्न भ्रष्टहरूलाई नांगेझार पार्ने कार्यक्रममा सरकार, नागरिक समाज, बौद्धिक एवं प्राज्ञसमुदाय जनता सक्रिय हुन अबेला नहोस् । अन्त्यमा मण्डेलाले भनेझैँ, ‘जुन माटोमा पहिलो पाइला टेक्नु भएको छ, त्यही माटोको समृद्धिको लागि जीवन लगाउनुपर्छ’ भन्ने उद्गारलाई मनन, चिन्तन र कार्यात्मक रूपमा अनुशरण गरौँ । किनकि भ्रष्टाचार राष्ट्रिय नैतिकतामाथिको प्रहारमात्र नभएर हिंस्रक अपराधभन्दा पनि आततायी जन्माउने भाइरसकुुण्ड हो । समाप्तम्

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?