सेबोन क्यापिटल मार्केट फुटसल कप हुने

Read Time = 2 mins

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (सेबोन) ले आफ्ना सदस्य धितोपत्र दलाल व्यवसायीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका केही कार्य एकीकृतरूपमा अघि बढाउने प्रयासअनुरूप विभिन्न कार्यक्रम तर्जुमा गरेको छ । लगानीकर्ता सचेतना तथा शिक्षालाई प्राथमिकतामा राखी स्वास्थ्य, शिक्षा, खेलकुदलगायत अन्य सामाजिक क्षेत्रसँग सम्बन्धित कार्यक्रम पनि तर्जुमा गरेको छ ।

सेबोनले खेलकुद क्षेत्रसँग सम्बन्धित कार्यक्रम अघि बढाउनेक्रममा ‘फुटसल अफ युनिटी’ नारासँगै नेपालमै पहिलोपटक पुँजी बजारसँग सम्बन्धित सम्पूर्ण निकायलाई समेटेर सेबोन क्यापिटल मार्केट फुटसल कप ०२२ आयोजना गर्ने भएको छ । प्रतियोगिता चण्डोलस्थित ढुकु फुट्सल हबमा जेठ २८ गतेदेखि सुरु भई चार दिनसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतियोगिताको व्यवस्थापन इभेन्ट कोर्ट प्रालिले गर्नेछ । सेबोन, सिडिएस एन्ड क्लियरिङ, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंक, क्रेडिट रेटिङ एजेन्सी, निक्षेप सदस्यलगायत अन्य पुँजी बजारसँग सम्बन्धित निकायका ३६ टिमको सहभागिता रहने प्रतियोगिताको प्राविधिक पक्षमा भने एन्फाद्वारा प्रमाणित रेफ्रीहरूको नियन्त्रण रहनेछ ।

प्रतियोगिताका बैंकिङ पार्टनर, मिडिया पार्टनर र वेब पार्टनरमा क्रमशः ग्लोबल आइएमई बैंक, मेरो लगानी तथा गोल नेपाल रहेका छन् । धितोपत्र बजारसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला निकाय तथा कार्यरत कर्मचारीबीचको सम्बन्ध अझ प्रगाढ बनाउन प्रतियोगिता हरेक वर्ष आयोजना गरिने सेबोनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?