राजनीति अति महत्वाकांक्षा लिनेहरूबाटै गरिने हो, यसमा फरक तर्क हुन सक्दैन । एकजना राजनीतिज्ञले अर्का एकजना साथीलाई राजनीतिमा ल्याउन कर गर्दै भनेका थिए राजनीति कि अमिरले गर्ने हो कि फकिरले गर्ने हो । राजनीतिका लागि आफूसँग सामथ्र्य भए पनि पैसा नभएकाले साथी फरक बाटो लाग्न खोज्दैथिए र अर्का साथीले उनलाई सम्झाइरहेका थिए । राजनीतिका लागि अमिर हुनुपर्ने कि फकिर हुनुपर्ने मात्र होइन नैतिकताको मार्गबाट विचलन हुन पनि सक्नुपर्छ भन्ने केही दृष्टान्तबाट देखिन आएका छन् । यस्ता कार्य सबै पार्टीबाट हुने गर्छन्, कानुनलाई छलेर वा बदलेर जसरी भए पनि आफू सधैं पदमै बसिरहने चाहनामा राजनीतिक पार्टीहरू र त्यस्ता पार्टीका सदस्यहरूमा देखिएका छन् ।
प्रत्यक्ष निर्वाचनमा पराजित भएकाहरू समानुपातिकबाट भए पनि पदमै पुग्नपाए हुन्थ्यो भन्ने चाहना राख्ने गर्छन् । जनतालाई जसरी भए पनि अमूक नेता पदमा पुग्नैपर्छ भन्ने लाग्ने हो भने त्यसरी लानुमा स्वाभाविकता देखिन्छ । तर, जनताले त्यस्तो चाहना राख्ने हो भने तिनलाई प्रत्यक्षमै विजयी गराइहाल्थे । प्रत्यक्षमा पराजित हुनु भनेको जनताले उसलाई नचाहेको भन्ने अर्थ लाग्छ तर फेरि तिनैलाई समानुपातिक निर्वाचन प्रणालीबाट छनौट गर्न खोज्नुले नेताको पदमुखी राजनीति हो भन्ने हुन्छ । राजनीति गर्नु भनेको जनताको सेवा गर्नु हो । सेवा गर्न पद नै चाहिन्छ भन्ने होइन । समाजसेवा गर्न पद चाहिँदैन भन्ने मान्यता राखेर काम गर्ने हो भने राजनीति वर्तमान दिनहरूमा धमिलिए जति धमिलिन पाउने थिएन ।
राजनीतिमा लागेर सर्वस्वहरणमा परेका, लामो समयसम्म यातना भोगेका, जेल नेल भोगेका त्यागी इमानदार नैतिकवान् तर प्रत्यक्ष निर्वाचनमा जान विभिन्न कारणले नसक्नेहरूका लागि हो समानुपातिक निर्वाचन । आफ्नो उमेरका कारण बार्धक्य नै निर्वाचनको बाधक बन्न पुगेका अवस्थामा पहाडी क्षेत्रका विभिन्न ठाउँमा टाढाटाढासम्म हिँडेर जानुपर्ने हुँदा त्यस्ता व्यक्तिहरूका लागि त्यस्तो सम्भावना रहँदैन । त्यसैले अनुभवले खारिएका, ज्ञानका खानी त्यस्ता व्यक्ति जसको ज्ञानभण्डार वा विज्ञता राष्ट्रका लागि अति आवश्यकता छ, तिनको ज्ञानको दोहन अति नै जरुरी छ भने त्यस्ता व्यक्तिलाई ससम्मान राख्नका लागि कानुनले परिकल्पना गरेको पद हो त्यो समानुपातिक निर्वाचनका माध्यमबाट पु¥याउने पद ।
त्यसको अपव्याख्या र अनुचित उपयोग गर्ने काम राजनीतिज्ञहरूबाट भइरहेको छ । जसले गर्दा जसरी पनि फलानो व्यक्ति हुनुपर्छ । प्रत्यक्षमा जिते प्रत्यक्षबाटै र नजिते पुनः समानुपातिक निर्वाचनका माध्यमबाट वा मनोनित भएर पदमा पुग्ने प्रयास वास्तवमा उचित हुन सक्दैन । यस्ता प्रयासमा निर्वाचन आयोगले रोक लगाउने प्रयास गर्नुपर्छ, राजनीतिज्ञहरूले त यस्ता प्रयास गर्ने नै भए किनभने पदमा पुग्ने प्रयास हुनु अस्वाभाविक होइन किनकि हाम्रो देशका राजनीतिज्ञहरू जोगी बन्न राजनीति गरेको होइन भन्छन् । कमाउन, सुखसयल गर्न, भोगविलास गर्नैका लागि राजनीति गरेको हो भन्ने उनीहरूको उक्त भनाइबाट पुष्टि हुन्छ । व्यवहारमा पनि यस्तै देखिँदै आएको छ ।
प्रजातन्त्र आएका दिनसम्म राजनीतिमा आफ्नो बस्ने-खाने व्यवस्था नभएका नेतहरू त्यसको केही वर्षमा महल र प्राडो-पजेरोका मालिक बन्नपुगेको एक होइन अनेकौं उदाहारण छन् । यस्तो सोच र संस्कार भएको हाम्रो राजनीतिक वृत्तलाई लगाम लगाएर एउटा निश्चित बाटोमा ल्याउन र हिँडाउन आवश्यक प्रयास त निर्वाचन आयोगकै हुनु आवश्यक छ । आयोगले निश्चय राजनीति र राजनीतिज्ञमैत्री बनेर काम गर्नुपर्छ नै तर यसो भन्दैमा निर्वाचनसम्बन्धी विभिन्न व्यवस्था गरेर तिनलाई व्यवस्थित गर्न नसके राजनीति लिकबाट बाहिर जाने सम्भावना रहन्छ । एकातिर राजनीतिज्ञहरूमा राजनीतिक इमानदारीता विकास हुनु आवश्यक छ भने अर्कातिर निर्वाचन आयोगको पनि यसका लागि उनीहरूका दूराकांक्षामा पुट दिने खालको सोच रहनुहुँदैन । सो भएकाखण्डमा राजनीतिमा देखापर्दै गएको पानी धमिल्याउने र माछा मार्ने प्रवृत्ति बिस्तारै कम भएर जानेछ ।
अहिले सन्दर्भ छ राष्ट्रिय सभाको निर्वाचनको । छ वर्षको कार्याकाल हुने राष्ट्रिय सभाका सदस्यहरूको एक तिहाइको पद दुई–दुई वर्षमा सकिँदै जान्छ । त्यसको परिपूर्ति विभिन्न निर्वाचन प्रणालीका माध्यमबाट गर्ने गरिन्छ । प्रतिनिधिसभाका सदस्यको मत, प्रदेशको मत, समानुपातिक मत र राष्ट्रपतिबाट मनोनित गरेर उक्त पद पूर्ति हुन्छ । प्रत्यक्ष निर्वाचनमा पराजित भएका व्यक्ति समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट पुनः राष्ट्रिय सभामा पुग्ने र त्यहाँ पुगेपछि संसद् सदस्य भएको नाताले मन्त्री बन्ने वा राष्ट्रिय सभाको अध्यक्ष जस्तो गरिमामय पदमा पुग्ने प्रयास हिजोको दिनमा भएको थियो र अब पनि नहोला भन्ने छैन । यसलाई प्रोत्साहन गर्नु अनुचित हुन्छ तर हिजो केही दलहरूले यस्तो लाभ लिइसकेका र न्यायालयले पनि यसलाई नरोकेको परिप्रेक्षमा अर्को कुनै अमूक दललाई अहिले आएर रोक्नु भने उचित हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच