नयाँदिल्ली । भारतले आगामी जिम्बाबे टुरका लागि १५ सदस्यीय क्रिकेट टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शुभमन गिलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । भारतले अर्को महिना घरेलु टोली जिम्बाबेसँग टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ ।
पहिलोपटक कप्तानीको जिम्मेवारी पाउनुभएका गिल भारतीय टी-२० टोलीका १४औँ कप्तान बन्नुभएको छ । यसैगरी नितिशकुमार रेड्डीले पहिलोपटक भारतीय टोलीमा मौका पाउनुभएको छ । भारतले पछिल्लोपटक जिम्बाबेविरुद्ध सन् २०१६ मा टी-२० शृंखला खेलेको थियो । तीन खेलको उक्त शृंखला भारतले २-१ ले आफ्नो पक्षमा पारेको थियो । पाँच खेलको शृंखला जुलाई ६ देखि १४ सम्म हरारे स्पोर्ट्स क्लबमा हुनेछ ।
भारतीय टोलीमा शुभमन गिल (कप्तान), यशस्वी जयसवाल, ऋतुराज गायकवाड, अभिषेक शर्मा, रिंकु सिंह, सञ्जु स्यामसन (विकेट किपर), रवि विश्नोई, आवेश खान, खलील अहमद, ध्रुव जुरेल (विकेट किपर), नितिश रेड्डी, रियान पराग, वाशिन्गटन सुन्दर, मुकेश कुमार, तुषार देशपाण्डे रहनुभएको छ । भारतले जुलाई ६ देखि जिम्बाबेसँग पाँच खेलको टी-२० सिरिज खेल्ने तालिका रहेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच