काँग्रेस छियाछिया भयो, पुनः जीवन दिनुपर्ने खाँचो छ : नेता कोईराला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले काँग्रेस पुनः जीवन दिनपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

आईतवार पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनः जीवन दिनुपर्ने खाँचो रहेको बताउनु भयो । नेता कोईरालाले काँग्रेसलाई बचाउनको लागि सुवेक्षुक संस्थाहरुले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस छियाछिया हुन थालेको छ । अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो ? जाडोको याममा पात झरेको देख्नुभएको छ । पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई की उ जाडो यामलाई छलेर जब वसन्त ऋतु आएँछ फेरि हरियो भएर जान्छ । त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ । यो नेचुरल प्रक्रिया हो । आउँदो भविष्यमा नेपाली काँग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ ।’

नेता कोईरालाले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले संविधानमाथि धेरै प्राहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरुले गर्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?