क्रिकेटर सन्दीप लामिछानेको सजाय निर्धारण सम्बन्धी बहस सकियो, केहीबेरमा सजाय तोकिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई कसूर सजाय निर्धारणमा बहस सकिएको छ ।

सजाय निर्धारणका लागि बुधवार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलाशमा बहस भएको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बहस सकिएको र केहीबेरमै सजाय निर्धारण हुने जानकारी दिनुभयो ।

यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै बहस गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?