✍️ सुदीप उद्द्योत
कुनै गुनासो छैन मलाई त्यो भमरासित,
आउँछ चुमेर जान्छ ।
जब यताउता घुम्छु सुगन्ध छर्दै,
तब अनायासै घोचिन्छु
आफ्नै वृक्षका काँढाहरूबाट ।
मेरो हाँसो !
मेरा लागि जीवन कि मृत्यु ?
मृत्यु भनूँ,
पत्रैपत्र चुँडिएर खस्छु पवित्र देवताको काखमा ।
जीवन भनूँ,
एउटा लासमाथि बसेर हाँसिरहेछ
अर्को लास ।
कुनै गुनासो छैन मलाई त्यो घामको प्रतापसँग,
मैले प्रेम गरेको छु चन्द्रमासँग,
ऊसँगै हाँस्न सिकेँ, पहिलो पटक ।
मलाई उसको शीतलतासँग रमाउन मन छ, डुल्न मन छ ।
तर सूर्यास्त अगावै चुँडिनुपर्छ
म र मेरा सपनाहरू ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच