काठमाडौं । नेपालमा विद्युतीय तार केबल तथा कन्डक्टर उत्पादक लिट्मस इण्डष्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फण्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने रणनीतिक साझेदारी भएको छ । परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मसका लागि साझेदारी एउटा महत्वपूर्ण कोसेढुंगा साबित हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अवसर इक्विटीसँगको सहकार्यले लिट्मस इण्डष्ट्रिजको उत्पादन क्षमतामा वृद्धिका साथै कम्पनीको सञ्चालन सुव्यवस्थित बनाउँदै बजार उपस्थिति थप मजबुत बनाउनेछ । साथै लगानीले कम्पनीलाई नवप्रवर्तन र उत्कृष्टताप्रतिको प्रतिबद्धता कायम राख्दै ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउनेछ ।
लिट्मस इण्डष्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले भन्नुभयो, ‘हाम्रो दूरदृष्टि र क्षमतामाथि अवसर इक्विटीको विश्वास हाम्रो समूह र कम्पनीको कडा परिश्रम र समर्पणको नतिजा हो । यो साझेदारीले हामीलाई हाम्रो सञ्चालन विस्तार गर्न, द्रुत गतिमा अत्याधुनिकीकरण गर्न र अन्ततः हाम्रा ग्राहकलाई अझ गुणस्तरीय वस्तु र सेवा प्रदानका साथै हाम्रा सरोकारवालामा कम्पनीको कुशलता र उत्कृष्टताको छाप अझ परिष्कृत बनाउन सक्षम बनाउनेछ ।’
अवसर इक्विटीका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले भन्नुभयो, ‘हामीले लिट्मस इण्डष्ट्रिजमा गरेको यो लगानी आफू संलग्न उद्योगको नेतृत्व गर्न सक्ने र यथास्थिति बदल्दै नवप्रवर्तनमार्फत् बजार माग सम्बोधन गर्न सक्ने उच्च सम्भावना बोकेका अग्रणी कम्पनीलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धताको एउटा ज्वलन्त उदाहरण हो । हामी लिट्मससँग नजिकबाट सहकार्य गर्न र उहाँहरूको सफलतामा योगदान पु¥याउन पाउँदा अत्यन्त उत्साहित छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच