शिवम् सिमेन्टलाई सेल्स एक्सिलेन्स अवार्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड ‘अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । भदौ ८ गते काठमाडौंमा ग्रोथ सेलर्सद्वारा आयोजना गरेको सेल्स समिट कार्यक्रममा शिवम् सिमेन्टलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । शिवम् सिमेन्ट्सका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले अवार्ड ग्रहण गर्नुभएको थियो ।

यसअघि पनि शिवम् सिमेन्ट सिमेन्ट क्षेत्रमै पहिलोपटक एनएस क्वालिटी अवार्ड-२०१९ प्रथमबाट सम्मानित भइसकेको छ भने बेष्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ अवार्ड प्राप्त पनि प्राप्त गरेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको शिवम् ओपिसी सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला-ठूला परियोजनाका साथै अनेकौं संरचना निर्माणमा समेत प्रयोग हुँदै आएको छ । दक्ष जनशक्ति, आन्तरिक व्यवस्थापन, पारदर्शिता, ६० हजारभन्दा बढी सेयर होल्डर एवं कुशल बजार व्यवस्थापकका कारण कम्पनी पटक-पटक सम्मानित हुँदै आएको छ ।

हेटौंडामा स्थापित सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगा प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?