काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले महालेखा परीक्षकको कार्यात्मक स्वायत्तता तथा स्वतन्त्रतामाथि हस्तक्षेप भएको जनाएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले महालेखा परीक्षकसमेतलाई निर्देशन दिने निर्णय गरेकोप्रति ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
सार्वजनिक लेखा समितिको गत जेठ १७ गतेको निर्णयमा बेरुजुको अंश बढ्दै गएको अवस्थाले वित्तीय अराजकताको सन्देश प्रवाह भएकाले बेरुजुको न्यूनीकरण र शीघ्र फछ्र्योट गरी आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व सुनिश्चित गर्ने रणनीतिक कार्ययोजना बनाउनेलगायतका निर्देशन दिने निर्णय गरेकोमा ट्रान्सपरेन्सीले आपत्ति जनाएको हो ।
ट्रान्सपरेन्सीले महालेखा परीक्षकको कार्यात्मक स्वायत्तता तथा स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै आपत्ति जनाएको हो ।
ट्रान्सपरेन्सीले भनेको छ, ‘संविधान र प्रचलित कानुनबमोजिम अन्तिम लेखापरीक्षण गर्ने जिम्मेवारी महालेखा परीक्षकमा र बेरुजु फछ्र्योट गर्ने जिम्मेवारी सम्बन्धित सरकारी निकायमा रहेको छ । यसबाट बेरुजु फछ्र्योट कार्ययोजना बनाउने, कार्यान्वयन गर्नेलगायतको जिम्मेवारी सम्बन्धित निकायमा रहने स्वतः स्पष्ट छ ।’ त्यसैगरी महालेखा परीक्षक संवैधानिक निकाय भएकाले यसको काम कर्तव्य र अधिकार नेपालको संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम हुने स्पष्ट छ । यस परिप्रेक्ष्यमा उक्त निर्देशनले एकातर्फ राज्यका निकायबीच कार्यात्मक अव्यवस्थाको सिर्जना गर्ने र अर्कातर्फ महालेखा परीक्षकको कार्यात्मक स्वायत्तता तथा स्वतन्त्रतामाथि हस्तक्षेप हुन जाने ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले अनुभूति गरेको जनाएको छ ।
महालेखा परीक्षकलगायतका संवैधानिक निकायको स्वतन्त्र एवं प्रभावकारी कार्यसम्पादनबाट सरकारको काम कारबाहीको रेखदेख र मूल्यांकन गर्न संसद् एवं यसका समितिहरूलाई प्रत्यक्ष सहयोग पुग्ने भएकाले तदनुकूल वातावरणको संरक्षण र प्रवद्र्धन हुनुपर्ने, सार्वजनिक लेखा समितिको चिन्ता बेरुजु फछ्र्योट गर्ने गराउने कार्यमा मात्र सीमित नभई मुलुकमा भ्रष्टाचार गरी बेरुजु सिर्जना गर्ने निकायको काम कारबाहीमा नै परिणाम देखिने गरी आर्थिक अनुशासन कायम गर्ने गराउनेतर्फ बढी केन्द्रित हुनुपर्ने ट्रान्सपरेन्सीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच