काठमाडौं । साउन १८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’को अफिसियल पोष्टर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक पोष्टरमा अभिनेत्री वर्षा सिवाकोटी केन्द्रमा राखिएको छ । पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई बराबर स्थान दिइएको छ । पोष्टरमा अभिनेत्री रेजिना उप्रेती भने दुई चुल्ठी बाटेर गाउँले युवतीको रूपमा प्रस्तुत हुनुहुन्छ । उहाँको जोडी बनेका अभिनेता दिलिप केसीलाई घोडामा चढेर गाउँकै सम्भ्रान्त व्यक्तिको रूपमा चित्रण गरिएको छ । ‘मोदीबेनी’बाट रेजिनाले नौ वर्षपछि कमब्याक गर्नुभएको हो ।
शंकर कोइरालाको निर्देशनमा तयार भएको चलचित्रमा सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्यलगायतको अभिनय छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेख्नुभएको हो । चलचित्रको निर्माता दिलिप केसी हुनुहुन्छ भने सहनिर्मातामा हरि श्रेष्ठ रहनुभएको छ ।
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित भएर बनेको चलचित्रको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटना भइरहेको पाइने निर्देशक कोइरालाले बताउनुभयो । चलचित्रमा उत्सव दाहालको डिओपी र भरत रेग्मीको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच