लेभान्टेमाथि म्याड्रिडको सानदार जित

Read Time = 2 mins

लण्डन । भिनिसियस जुनियरको हृयाट्रिक मद्दतमा रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा सानदार जित हात पारेको छ । यस सिजनमा च्याम्पियन बनिसकेको रियलले बिहीबार राति भएको खेलमा लेभान्टेमाथि ६-० को सानदार जित हात पार्‍यो । उसको जितमा जुनियरको हृयाट्रिकसँगै फर्लाण्ड मेण्डी, कप्तान करिम बेन्जेमा र रोड्रिगोले पनि समान एक/एक गोल थप्नुभयो ।

खेलको १३औं मिनेटमा फर्लान्ड मेण्डीको गोलबाट रियलले अग्रता लिएको थियो । १९औं मिनेटमा कप्तान करिम बेन्जेमाले अग्रता दोब्बर पार्नुभयो । ३४औं मिनेटमा रोड्रिगोले लुका मोड्रिचकै पासमा तेस्रो गोल गर्नुभयो । पहिलो हाफको अन्तिम मिनेटमा भिनिसियस जुनियरले गोल गरेपछि रियल ४-० ले अघि रहृयो ।

दोस्रो हाफमा रियलले दुई गोल थप्यो । ६८औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो र ८३औं मिनेटमा भिनिसियसले हृयाट्रिक पूरा गर्दै रियललाई सानदार जित दिलाउनुभयो । यो जितसँगै च्याम्पियन बनिसकेको रियल म्याड्रिडको ४६ खेलबाट ८४ अंक पुगेको छ । पराजित लेभान्टे २९ अंक जोडेर पुछारमा रहँदै रेलिगेसनमा परेको छ । अब बाँकी दुई खेलमा सफलता हात पारेपनि लेभान्टे रेलिगेसनबाट बच्नेछैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?