![गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ : उपप्रधानमन्त्री लामिछाने](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Rabi-Lamichhane-2.jpg)
काठमाडौं । स्टेट अफ ग्लोबल एयर २०२४ नामक प्रतिवेदनले प्रदूषित हावाका कारण विश्वमा लाखौं मानिसको मृत्यु भइरहेको तथ्य सार्वजनिक गरेको छ । हेल्थ इफेक्ट इन्ष्टिच्युट एवं हेल्थ मेट्रिक्स एण्ड इभ्यालुयसन नामक संस्थाले युनिसेफसँगको सहकार्यमा उक्त प्रतिवेदन सार्वजनिक गर्दै २०२१ मा विश्वमा वायु प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु भएको तथ्य प्रस्तुत गरेको छ । सन् २०१९ मा करिब ७२ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण भएको उल्लेख गरिएको थियो । वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८ हजार पाँच सय मानिसको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१९ को प्रतिवेदनमा यस्तो संख्या ४२ हजार एक सय थियो । विश्वभरि वायु प्रदूषणका कारण मृत्यु हुनेमध्ये पिएम २.५ अर्थात् धुलो धुवाँमा मिसिएका विषाक्त वायुका कारण ५८ प्रतिशत, घरभित्रको प्रदूषणका कारण ३८ प्रतिशत र ओजोनका कारण छ प्रतिशत रहेको बताइएको छ ।
प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८ हजार पाँच सय मानिसको मृत्यु भएको थियो । सन् २०१९ मा ४२ हजार एक सय जनाको मृत्यु भएको थियो ।
विश्वभरि उच्च रक्तचापपछि वायु प्रदूषण नै मानव स्वास्थ्यमा जोखिम बढाउने तत्व भएको प्रतिवेदनले औंल्याएको छ । वायु प्रदूषणको उच्च जोखिममा दक्षिण एसियाली र अफ्रिकन मुलुक रहेका छन् । संयुक्त राष्ट्र संघको साधारणसभाले स्वच्छ हावा, स्वास्थ्य र दिगो वातावरणलाई मानव अधिकारका रूपमा स्वीकार गरेको छ । त्यसैगरी नेपालको संविधानको धारा ३० ले ‘स्वस्थ र स्वच्छ हावा’ नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेको छ । तर, कार्यान्वयन हुन सकेको छैन ।
वायु प्रदूषणको मुख्य कारणमध्ये जीवाष्म इन्धन र जैविक इन्धन अधिकतम् प्रयोग हुन् । यीबाहेक खुला फोहोर बाल्ने, फोहोर व्यवस्थापन नहुनु, कृषि अवशेषको जलन, वन डढेलो, विषादीको उच्च प्रयोग वायु प्रदूषणका कारण हुन् । वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी, महिला बढी जोखिममा रहेका छन् । जसले शिक्षा, स्वास्थ्य, श्रम र उत्पादन क्षेत्रमा ह्रास ल्याउने प्रतिवेदनमा उल्लेख छ ।
क्लिन एयर नेटवर्क नेपाललगायत सरोकारवाला संस्थाहरूले वायु प्रदूषणबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरणका लागि सरकारलाई विभिन्न आठबुँदे ध्यानाकर्षणसमेत गराएका छन् । वायु प्रदूषण एक वातावरणीय स्वास्थ्य जोखिमको विषय भएकाले वायु प्रदूषण नियन्त्रण र व्यवस्थापनका लागि राष्ट्रिय कार्ययोजना तयार गरी लागू गरिनुपर्ने, वायु प्रदूषण गर्ने उद्योग, कलकारखाना, मोटर गाडीलगायत प्रदूषण गर्ने निकायमाथि निगरानी तथा अनुगमन गरी उचित कारबाहीको व्यवस्था गरिनुपर्ने, वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला, दीर्घ रोगीमा बढी असर हुने हँुदा प्रदूषणबाट बच्न सक्ने वैकल्पिक व्यवस्था गरी उनीहरूको वातावरणीय मानव अधिकार सुरक्षित गरिनुपर्ने माग गरिएका छन् ।
त्यस्तै, वायु प्रदूषणसँग सम्बन्धित ऐन, कानुन, मापदण्ड, कार्यविधि एवं योजना समयसापेक्ष बनाउन तत्काल पुनरावलोकन गरी संशोधन गरिनुपर्ने, वन डढेलोका कारण यस वर्ष पाँच हजार ठाउँमा लागेको र डढेलोले सामाजिक, आर्थिक र वातावरणमा अपूरणीय क्षति भएकाले वन डढेलो नियन्त्रण र व्यवस्थापनमार्फत् वायु प्रदूषण रोकथामको राष्ट्रिय कार्ययोजना तयार गरी लागू गरिनुपर्ने, काठमाडौं उपत्यकाको फोहोर बञ्चरे डाँडामा फाल्ने गरिएकोमा नुवाकोट तथा धादिङका बासिन्दाको स्वच्छ हावामा बाँच्न पाउने अधिकारमा कुठाराघात भएकाले संघीय सरकार एवं काठमाडौं उपत्यकाका सबै नगरपालिकाले वैकल्पिक योजना तयार गरी उपत्यकाको फोहोर आफैं व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुपर्ने, वायु प्रदूषणबारे विद्यालय, समुदायस्तर, सामुदायिक संघ-संस्था एंव मिडियामार्फत् व्यापक बहसमा ल्याई नागरिकस्तरमा जानकारी गराइनुपर्नेलगायत रहेका छन् ।
नेटवर्कमा स्वच्छ ऊर्जा नेपाल (सिइएन), वातावरण र जनस्वास्थ्य संस्था(इन्फो), राष्ट्रिय जनवकालत मञ्च, नेपाल, युवा वकालत मञ्च, नेपाल(एन),जलवायुका लागि नेपाली युवा(एनवाइसिए), चाँगुनारायण नगरस्तरीय स्वच्छ हावा सञ्जाल, नगरस्तरीय स्वच्छ वातावरण नागरिक समाज, ललितपुर, चन्द्रागिरि नगरस्तरीय स्वच्छ वातावरण प्रवद्र्धन नागरिक सञ्जाल, काठमाडौं वायु गुणस्तर व्यवस्थापन नागरिक समाज सञ्जाल, स्वच्छ हावा नागरिक समाज, शंखरापुर, वातावरण संरक्षण नागरिक समाज, कीर्तिपुर रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच