चुम भ्याली चिनाउने दुई पुस्तक सार्वजनिक

Read Time = 1 min

काठमाडौं । उत्तरी गोरखाको पवित्र भूमि चुम भ्यालीको संस्कृति, इतिहास र बौद्ध गुरूहरूको चिनारी दिने दुईवटा पुस्तक ‘इतिहास र संस्कृति’ र ‘जीवनी सार्वजनिक गरिएको छ । चुम अनुसन्धान समूहले संकलन एवं सम्पादन गरेका पुस्तकहरू काठमाडौंमा सोमबार आयोजना गरिएको कार्यक्रममा लोकार्पण गरिएको हो । बौद्ध गुरुहरू सेराप तेन्दार रिन्पोछे र खेन्पो कल्साङलगायतले चक्रपथस्थित होटल साम्बलामा लोकापर्ण गर्नुभएको हो ।

समूहका अभियन्ता खेन्पो तेन्जिङ ल्हुण्डुप लामाकाअनुसार छरिएर रहेका दस्तावेजहरू संकलन र सम्पादन गरि पुस्तकका रूपमा प्रकाशन गरिएको हो । समूहले ‘टासी पाल्साङ’ शृंखलाअन्तर्गत दुई वर्ष अघिदेखि यस्ता महत्वपूर्ण पुस्तकहरू प्रकाशन गर्दै आएको छ ।
भोटे भाषामा प्रकाशित पुस्तकलाई भविश्यमा नेपाली र अंग्रेजीमा समेत प्रकाशन गर्ने योजना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?